राजधानीका तीन ठाउँमा बम

काठमाडौं, २२ चैत । राजधानीको सुरक्षित स्थान मानिने बबरमहलमा बम विस्फोट भएको महिनादिन बित्न नपाउदै फेरि तीन स्थानमा बम फेला परेको छ । बम निष्क्रिय पारिएका कारण यसपटक बबरमहलमा जस्तो मानवीय तथा भौतिक क्षति भने हुन पाएन ।
पहिलो बम चक्रपथ हुदै सुन्दरीजल रुटमा चल्ने बा १ ख ८४१० नम्बरको बसमा फेला परेको थियो । प्रहरीका अनुसार सुन्दरीजलतर्फ जादै गरेको बसमा बिहान साढे १० बजे कालो प्लास्टिकको झोला लिएर एक अपरिचित व्यक्ति बौद्धबाट चढ्यो । झोला बसमै छाडेर त्यो व्यक्ति जोरपाटीमा उत्रियो । यात्रुले खचाखच बस गोकर्ण पुग्दा केही खाली भयो । चालक अमृत थापाले सिटनजिकै कालो प्लास्टिकको झोला देखेपछि बस रोके ।
उनले झोला निरीक्षण गर्दा त्यसबाट केही पर्चा खस्यो । पर्चाको सिरानमा ‘नेपाल कम्युनिस्ट पार्टी पिपुल्स वार ग्रुप’ लेखिएको थियो । मध्यभागमा ‘जनयुद्ध जारी छ, विश्वक्रान्ति जिन्दावाद, राष्ट्रिय मुक्ति आन्दोलन जिन्दावाद’ लेखिएको पाइयो । पर्चाको अन्तिममा ‘रणवीर महामन्त्री केन्द्रीय सदस्य’ लेखिएको थियो । झोलालाई सिटछेउमै छाडी थापाले गाडी फेरि अघि बढाए । केही क्षणपछि झोलामा बम राखिएको आशंकापछि नाम्गेल चोकमा उनले बस रोके र झोला खेतमा मिल्काए ।
उनले तुरुन्तै प्रहरीलाई टेलिफोनमार्फत घटनाको जानकारी गराए । प्रहरी टोली घटनास्थल पुग्यो । झोलामा बमजस्तो लाग्ने वस्तु रहेको पाइएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरियो । सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुग्यो । झोला खोलेर हेर्दा सकेट बम रहेछ । त्यसपछि चालक थापाको मुटु ढक्क फुल्यो । थापालाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘धन्न बचिए छ ।’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामलाल ज्ञवालीका अनुसार घटनास्थलमा पर्चा फेला परे पनि कसैलाई पक्राउ गर्न सकिएको छैन ।
यस्तै चक्रपथ रुटमै चल्ने बा ख ७१२८ नम्बरको बसमा पनि सकेट बम राखिएको खबर प्रहरीले पायो । प्रहरी प्रभाग गौशालाको टोलीले बसलाई चाबहिलस्थित ओम नर्सिङ अस्पताल अगाडि रोक्यो । प्रहरीका अनुसार उक्त बस पनि यात्रुले खचाखच थियो । सबै यात्रु ओरालिए । जा“चपछि ४ बजे गाडीको पछाडिको सिटमुनि सकेट बमजस्तो देखिने विस्फोटक पदार्थ फेला पर्‍यो । गौशाला प्रहरीका प्रहरी निरीक्षक अपिलराज बोहोराका अनुसार घटनास्थलमा पर्चा भने फेला परेन । उनले भने, ‘यहा पनि बम राख्ने समूह एउटै हुन सक्छ ।’ उनका अनुसार बम साझ साढे पाच बजे निष्क्रिय पारिएको थियो ।
यसको केही घन्टाअघि काठमाडौंकै तिलिङ्गेटारमा बा २ ख ५१६८ नम्बरको बसमा  पनि सकेट बम फला पर्‍यो । प्रहरीका अनुसार साझा बसको पछाडिको सिटमुनि कालो प्लास्टिकमा पोको पारिएको अवस्थामा सकेट बम फेला परेको थियो । त्यहा“ भेटिएको बम सेनाको टोलीले निष्क्रिय पारेको थियो । त्यहा पनि नेपाल कम्युनिस्ट पार्टी पिपुल्स वार ग्रुपकै नामको पर्चा भेटियो ।
दुवै स्थानमा भेटिएका पर्चा एकै संगठनका नाममा उस्तै बेहोराको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी राजेन्द्र श्रेष्ठका अनुसार २४ चैतमा हुने भनिएको नेपाल बन्द प्रभावित गर्न यस्तो गरिएको हुन सक्छ । उनले भने, ‘बम राख्ने बबरमहल बमकाण्डस“ग संलग्न समूह हुन् या होइनन्, त्यसबारे अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया