९८ लाख नक्कली भारतीय रुपियाँ बरामद

काठमाडौं, २२ चैत । प्रहरीले बैंकक हुँदै काठमाडौं भित्रीएको झण्डै एक करोड भारतीय नक्कली नोट बरामद गरेको छ ।

थाई एयरद्वारा भियतनामबाट बैंकक हुँदै काठमाडौं आएका भियतनामी नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बी.४९६४४३७ नम्बर राहदानी बाहक भियतनामी नागरिक फाम भान डिन्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ९८ लाख ८ हजार नक्कली भारतीय रुपियाँ बरामद गरेको छ ।

फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा ५ सय दरका १० हजार २० थान र १ हजार दरका ४ हजार ७ सय ९८ थान नक्कली भारतीय रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया