‘ट्राफिकको प्रोत्साहन भत्ता फिर्ता गर्न माग’

काठमाडौं, २२ चैत । नेपाल ट्याक्सी वर्कस यूनियने प्रोत्साहनका नाममा सरकारले ट्राफिक प्रहरीलाई उपलब्ध गराउने भनेको १५ प्रतिसत प्रोत्साहन भत्ता हटाउन माग गरेको छ ।

यूनियनको राजधानीमा बसेको राष्ट्रिय समिति बैठक पछि जारी विज्ञप्ती अनुसार प्रोत्साहन भत्ताका नाममा ट्राफिक प्रहरीबाट ज्यादती हुन थालेको आरोप लगाईएको छ ।

उसले ट्राफिक प्रहरीलाई दिने भनिएको प्रोत्साहन भत्ता फिर्ता नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

यूनियनले जरिवानाको रसिदबाट १५ प्रतिसत प्रोत्साहन भत्ता दिने मन्त्रिपरिषदको निर्णय सरासर गलत रहेको दाबी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रोत्साहन भत्ताका नाममा सेतो आतंक सुरु गरिएको ट्याक्सी वर्कस् यूनियनको आरोप छ ।

प्रतिक्रिया