प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं, २२ चैत । नेपाल चिकित्सक संघले विराटनगरमा चिकित्सकहरु माथि कुटपिट र गालीगलौज गर्ने प्रहरीलाई कारबाहीको माग गरेको छ ।

संघले घटनाको निन्दा एवं भत्साना समेत गरेको छ । चिकित्सक संघका महासचिव डा. भुपेन्द्रकुमार बस्नेतले आज विज्ञप्ती जारी गरेर चिकित्सकहरु माथि अभद्र ब्यवहार गर्ने प्रहरी सुरक्षाकर्मीलाई कारबाही गर्न गृहमन्त्रालयसंग माग गरेका छन् ।

उनले भनेका छन्, ‘घटनाको सत्य तत्थ्य पत्तालगाई दोषीलाई कानूनी दायरामा ल्याउन गृहमन्त्रालय तथा समबन्धित निकायमा आग्रह गर्दछौ ।’

चैत २० गते राति डा.दीपकराज अधिकारीको बिदाई कार्यक्रममा प्रहरी आएर चिकित्सकहरुलाई कुटपिट, दुरव्यवहार, गालीगलौज गरेको संघको आरोप छ ।

प्रतिक्रिया