च्याउसरी ट्रेड युनियन

काठमाडौं, २१ चैत । मुलुकमा औधोगिक वातावरण नभएर ठूलो संख्यामा उद्योग बन्द हुदा मजदुरको रोजीरोटी हराउदै गए पनि ट्रेड युनियनका संख्या भने बर्सेनि बढ्दै गएको छन् । औद्योगिक क्षेत्रमा फस्टाउदो राजनीति र मजदुरले आºनो मागको मोलमोलाई क्षमता बलियो बनाउने प्रतिस्पर्धाका कारण ट्रेड युनियनको संख्या बढ्दै गएको हो ।
राजनीतिक प्रभावसगै अहिले औद्योगिक क्षेत्रमा ट्रेड युनियन महासंघको संख्या १० वटा पुगेका छन् । अहिले विभिन्न राजनीतिक दलसग आबद्ध तथा स्वतन्त्र स्थापित ट्रेड युनियनका संख्या दुई सय ९० छन् । महासंघमा आबद्ध ट्रेड युनियनको संख्यामात्रै एक सय ४० हाराहारीमा रहेको श्रम विभागको तथ्यांक छ । यस्तै, महासंघमा आबद्ध नभएका संघका संख्या पनि उत्तिकै छन् । विभागको पछिल्लो तथ्यांकअनुसार महासंघमा आबद्ध नभएका टे«ड युनियनको संख्या एक सय ५१ छन् । आथिर्क वर्ष २०६२ ०६३ सम्म यो संख्या दुई सयको हाराहारीमा थियो । ट्रेड युनियन ऐन २०४९ मा कम्तीमा पचास प्रतिष्ठानस्तरका ट्रेड युनियन वा प्रत्येक जिल्लाबाट एक सयजना गरी कम्तीमा २० जिल्लाका कृषि श्रमिक वा एकै प्रकृतिका काम गर्ने प्रतिष्ठानका पाच हजार कामदारले आपसी सम्झौता गरी ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था छ । एकै प्रकृतिका काम गर्ने उद्योग व्यवसायमा कामदार वा स्वरोजगारले पनि आपसी सम्झौता गरी ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था छ । दसवटा ट्रेड युनियन संघबाट एक महासंघ दर्ता गर्नसक्ने व्यवस्था समेत सो ऐनमा छ । विभागको तथ्यांकअनुसार अहिले नेपाल ट्रेड युनियन महासंघमा ३० वटा भन्दा बढी युनियनहरू छन् । यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघमा १४, नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रमा १०, नेपाल समावेसी ट्रेड युनियन महासंघमा १२, नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रमा १०, पेसागत महासंघ १४, समावेशी लोकतान्त्रिक ट्रेड युनियन महासंघ नेपालमा १२ संघ आबद्ध छन् । देशमा बेरोजगारीको संख्या बढ्दै गए पनि ट्रेड युनियनको संख्या बर्सेनि थपिदै गएको छ । मुलुकमा देखिएको द्वन्द्व, राजनीतिक अस्थिरता र असुरक्षाका कारण सयाै उद्योग बन्द छन् । ट्रेड युनियनको संख्या बढ्दै जादा बेरोजगारीको संख्यासमेत बढेको रोजगारदाताको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे टे«ेड युनियन बनाउने र संगठित हुने अधिकार भए पनि औद्योगिक विकासमा भने ट्रेड युनियनको भूमिका सकारात्मक नरहेको बताउछन् । उत्पादन वृद्धि गर्ने, कामदारको दक्षता अभिवृद्धि गर्ने तथा औद्योगिक वातावरण निर्माण गर्न ट्रेड युनियन लाग्नुपर्नेमा अहिले त्यस्तो अवस्था नदेखिएको उनको भनाइ छ । ‘रोजगारदाता र श्रमिकबीचको सहकार्यले नै औद्योगिक क्षेत्र अघिबढ्ने हो,’ उनले भने, ‘अहिले ट्रेड युनियन बनाउन प्रतिस्पर्धा देखिए पनि व्यावसायिक विकासमा भने यसले सघाउ पुगेको छैन ।’
‘कतिपय ठूला उद्योगधन्दा ट्रेड युनियनकै दबाबमा बन्द भएका हुनाले पनि रोजगारदाताले उनीहरूलाई विश्वास गर्न सकेका छैनन्,’ पाण्डे बताउछन् ।
कतिपय अवस्थामा श्रमविभाग र कार्यालयले जथाभावी दर्ता गर्ने गरेकाले पनि ट्रेड युनियनको संख्या बढ्दै गएको मजदुर प्रतिनिधिको भनाइ छ । पछिल्लो समयमा ट्रेड युनियनसगको विवादले गर्दा उद्योगधन्दा बन्द हुने र हजारौको रोजीरोटी खोसिने अवस्था आएपछि बर्सेनि विदेसिनेको संख्यासमेत बढ्दै गएको छ । मुलुकमा रोजगारीको अवस्था सिर्जना नहुदा बर्सेनि चार लाखको हाराहारीमा श्रमशक्ति विदेसिने गरेको वैदेशिक रोजगार बिभागको तथ्यांक छ ।

प्रतिक्रिया