नेपाली संगीतमा गुन्जिने बाजा

०५९ मा गायक बन्ने चाहनाले उखरमाउलो गरेपछि काठमाडौं हान्निएका विकास चौधरी गायकका रूपमा स्थापित हुन त सकेनन् तर अब्बल संगीतकार भएर निस्के । राजेश पायल राईको स्वरमा धनकुटाको सिरैमाथि बोलको आधुनिक गीतमा पहिलोचोटि संगीत भरेका उनले अहिलेसम्म लोक, आधुनिक र पप गरी सयभन्दा बढी सांगीतिक सिर्जनामा क्षमता देखाइसके  । पिरिम पर्‍या छदेखि तिमीदेखि तिमीसगसम्म आइपुग्दा उनले संगीत गरेका चलचित्र पनि २६ वटा पुगिसके । नेपाली गीतसंगीतमा प्रयोग हुने प्रायः सबै वाद्ययन्त्र बजाउन जान्ने उनले इलाहाबाद संगीत विद्यालयबाट सिनियर डिप्लोमा सकेका छन् भने ललितकला क्याम्पसबाट पनि डिप्लोमा गरेका छन् । सुमधुर गीतमा लट्ठ पर्ने श्रोताहरूले ती गीतको मिठासका लागि बाजाको मेहनतबारे भने उति ध्यान दिएका हु“दैनन् ।  अहिले नेपाली संगीतमा कस्ता बाजा प्रयोग भइरहेका छन् त ? संगीतकार चौधरी यसरी प्रस्ट्याउदै छन्
मादल यो परम्परागत नेपाली बाजा हो । नेपाली गीतसंगीतमा यो अनिवार्य मानिन्छ । विशेषतः लोक, लोक–आधुनिक अनि झ्याउरे गीतमा यो प्रयोग हुन्छ । कहरवा, समला, झ्याउरे, दादरा तालका लागि यो साह्रै सुहाउछ । अचेल ङ्खयुजन गीतमा पनि यसको चलन बढेको छ । यो बाजाले गीतमा नेपालीपन झल्काउछ, मिठासमा लोकप्रियता छ ।
तबला  यो पनि नेपाली गीतसंगीतमा महत्ववपूर्ण बाजा हो । गीतलाई रिदमिक बनाउन यसको विशेष भूमिका हुन्छ । आधुनिक, लोक र शास्त्रीय विधामा यसको प्रयोग अत्यधिक हुन्छ । हाम्रोमा धार्मिक एवं परम्परागत रूपले धेरै पहिलेदेखि यो प्रचलनमा छ । यसको प्रयोगविनाको नेपाली गीतसंगीत नुन नहालेको तरकारीजस्तो लाग्छ ।
ढोलक यसले गीतसंगीतलाई अलि गहन बनाउने विश्वास गरिन्छ । गीतको मर्म झल्काउनाका साथै चञ्चलता प्रदान गर्छ । अहिले यो बाजाको प्रयोग सबैखाले गीतमा हुदै आएको छ– लोक, आधुनिक, शास्त्रीय, ङ्खयुजन । यसबाट सबैखाले ताल बजाउन मिल्ने भएकाले पनि यो प्रिय भएको हो  । दादरा, कहरवा, रूप, दीपचन्दी यसका प्रमुख ताल हुन् । अचेल यो बाजाविनाको गीत अधुरो महसुस हुन थालेको छ ।
बासुरी  परम्परादेखि नै यो बाजाले नेपाली गीतसंगीतमा छुट्टै अस्तित्व बनाएको छ । पुराना नेपाली भजन अनि धार्मिक धुनदेखि आधुनिक नेपाली संगीतसम्म पनि यसको उस्तै नै छ । आजभोलि यो अत्यधिक प्रयोग हुने बाजा हो । सबै प्रकारका गीतसंगीतलाई यसले मधुर बनाउ“छ । त्यसैले त यसलाई गीतसंगीतको मुटु मानिन्छ । यसले गीतका शब्दलाई अथ्र्याउन सक्ने सामथ्र्य राख्छ ।
सारंगी  यो बाजा नेपाल र नेपालीको पहिचान हो । नेपाली गीतका लागि अहिलेका अनिवार्य बाजामध्ये एउटा हो  । गाउ“घरमा यो निकै लोकप्रिय छ । लोक, झ्याउरे र आधुनिक गीतमा बढी प्रयोग हुन्छ । यसले पनि गीतको मर्मलाई पूर्णता दिलाइरहेको हुन्छ । यसलाई पीडा अनि करुणा बोक्ने धुन पनि भनिन्छ ।

प्रस्तुति कुवेर गिरी

प्रतिक्रिया