बैधानिक तरिकाले प्रधानमन्त्री हटाउँछौः रावल

काठमाडौ, २१ चैत । सेना समायोजन विशेष समितिका सदस्य एवम एमाले नेता भीम रावलले चैत ३० गतेसम्म सेना समायोजनको काम सुरु नगरे प्रधानमन्त्री बाबुराम भट्टराईलाई बैधानिक तरिकाले नै हटाउने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा रावलले बुधवारसम्म सहमति बन्न नसके चैत्र ३० गतेभित्र सेना समायोजनको प्रक्रिया सुरु हुनै नसक्ने बताए । उनले शान्ति प्रक्रिया अडकाउने प्रधानमन्त्रीलाई पदमा टिकी रहने हैसियतपनि नभएको बताए ।

उनले शान्ति प्रक्रिया सकिए पछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखेर प्रधानमन्त्री आफ्नो आयू बढाउन शान्ति प्रक्रियालाई बाधक बनाएको आरोप लगाए ।

एकीकृत माओवादी पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले शान्ति प्रक्रियामा अवरोध गरे एमालेका लागि नै दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ।

उनले पार्टी भित्र अन्तरविरोध रहेपनि शान्ति प्रक्रिया टुग्याउने विषयमा कुनै विवाद नभएको दावी गरे ।

प्रतिक्रिया