चिनियाँ किराले बेलायतमा त्राहिमाम

लन्डन, २० चैत । चिनिया किराले बेलायतका रूखबिरुवा नष्ट गर्न थालेपछि त्राहिमाम मच्चिएको छ । चिनिया“ किराको ‘आक्रमण’लाई नियन्त्रण नगर्ने हो भने बेलायतका लाखौ रूखबिरुवा नष्ट हुने चेतावनी दिइएको छ ।
चिनिया“ किराले बेलायतमा प्रजनन गरेको सरकारी वैज्ञानिकहरूले पत्तँ लगाएपछि यसको खतराबारे चर्चा हुन थालेको हो । प्रजनन भएका किरा हुर्किएपछि पूरै देशमा फैलिने देखेपछि बेलायती वैज्ञानिक चिन्तित हुन थालेका छन् । मे महिनाभित्र चिनिया“ किराको फैलावट नियन्त्रण नगर्ने हो भने संकट गहिरिने निश्चित रहेको वैज्ञानिकहरूको कथन छ । त्यसैले मे महिनाअगावै किरामाथि नियन्त्रण गर्न उनीहरू लागिपरेका छन् । चिनिया“ किराबाट ग्रस्त हरेक रूखको निरीक्षण भइरहेको छ । बाइनाकुलरको सहयोगले किराले अन्डा पार्न सक्ने रूखका हरेक स–साना प्वालमाथि पनि निरीक्षण भइरहेको छ । किराबाट ग्रस्त रूख जलाएर किरा नियन्त्रण गर्ने योजना बनाइएको छ ।
चीन र कोरियामा पाइने सो किरा कार्गोमार्फत बेलायत प्रवेश गरेको आशंका गरिएको छ । चीनमै पनि यो किराबाट लाखौ“ पोप्लार वृक्ष मरिसकेका छन् । केही समयअघि अमेरिकामा हजारौ“ बोटबिरुवा यो किराको संक्रमणबाट सुकेका थिए । किरा नियन्त्रणका लागि अमेरिकामा ४६ करोड अमेरिकी डलर खर्च गरिएको थियो । इटाली, बेल्जियम, हल्यान्ड र स्विटजरल्यान्डमा पनि चिनिया“ किराले आतंक मच्चाउन थालेको बताइन्छ । (डेलिमेल)

प्रतिक्रिया