पशुपतिको अक्षताबाट बिजुली

काठमाडौं, २० चैत । हरेक दिन सयौ दर्शनार्थीले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्छन् र फूल, अक्षता, पाती चढाउछन् । श्रद्धापूर्वक चढाएको त्यो फूलपाती, अक्षता अहिले त्यसै खेर गइरहेको छ । तर, त्यही खेर गइरहेको फूलपाती, अक्षताबाट अब बिजुली निकालिने भएको छ ।
राष्ट्रिय वातावरण प्रदूषण नियन्त्रण (नेप्को) नेपालले पशुपति विकास कोषसग मिलेर बिजुली निकाल्नका लागि प्रक्रिया नै सुरु गरेको हो । दुवै पक्षको छलफलमा पशुपति विकास कोष सकारात्मक देखिएपछि मन्दिरमा चढाइने अक्षतापातीबाट बिजुली निकाल्न नेप्कोले प्रस्ताव–पत्र पठाइसकेको छ । कोषले चासो दिएपछि प्रक्रिया सुरु भएको हो । ‘पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएका प्रसादीजन्य अक्षता–पाती आदिबाट बिजुली निकाल्नका लागि नेप्कोले प्रस्ताव गरेको र कोष यसमा सकारात्मक भएको छ,’ कोषका वातावरण तथा सरसफाइ शाखा प्रमुख गौरीशंखर पराजुलीले थपे, ‘व्यवस्थापन समूहलाई जानकारी दिएर केही प्रक्रिया अगाडि बढेको छ, अब थप छलफलसगै योजनालाई अघि बढाउदै छौ ।’
कोषका अनुसार दैनिक करिब ३ सय ५० केजी अक्षता, पाती, फूललगायत वस्तु संकलन हुनेगरेको छ भने खेरजाने अक्षतापाती पशुपतिनाथ मन्दिरको भण्डारी गुठीपछाडि संकलन हुन्छ । विभिन्न चाडपर्व, मेलामा पशुपति मन्दिरबाट पाच सय केजीभन्दा बढी संकलन हुने गरेको छ । बाग्मती नदी ठूलो भएका बेला सो अक्षता नदीमा फाल्नेसमेत गरिएको छ । नेप्को नेपालले अक्षतापातीबाट दैनिक ५० घनमिटर बायोग्यास निकाल्ने लक्ष्य राखेको छ । बायोग्यासबाट तत्कालका लागि आठ घन्टाभन्दा बढी अखण्डदीप प्रज्ज्वलन गर्न पुग्ने इन्जिनियर जीवन श्रेष्ठले जानकारी दिए । विश्वसम्पदामा सूचीकृत पशुपतिनाथ  मन्दिरको स्वरूप र अवस्था नबिग्रने गरी अखण्डदीप राख्नका लागि पहल गरिने पराजुलीले बताए ।
पशुपतिनाथ मन्दिरको अक्षताबाट बायोग्यास निकाल्नका लागि नेप्को नेपालले कोषलाई प्रस्ताव–पत्रसमेत पठाइसकेको छ । ‘पशुपति मन्दिरबाट ५० घनमिटर ग्यास र २ सय ५० लिटर झोल मल प्रत्येक दिन निस्कन्छ,’ नेप्को नेपालका अध्यक्ष सुरेन्द्र आचार्यले थपे, ‘फोहोरका रूपमा परिणत हुने वस्तुलाई बिजुली बनाउन उपयोग गर्न प्रस्ताव गरेअनुसार काम अघि बढेको छ ।’ बायोग्यास मात्र निकाल्नका लागि करिब आठ लाख रुपिया“ लाग्ने र त्यसले अखण्डदीप प्रज्ज्वलनमा सहयोग पुग्ने नेप्कोले जनाएको छ । केही बजेट कोषमार्फत बेहोर्न र बा“की दर्शनार्थीमार्फत उठाएर भए पनि बायोग्यास निकालेर पशुपतिनाथ मन्दिरलाई अखण्डदीपले झिलिमिली पार्ने योजना नेप्कोको छ । नेप्कोका अनुसार अखण्डदीप प्रज्ज्वलनका लागि ग्यास मात्र भए पुग्ने र बिजुलीको बत्ती नै बाल्नुपरेमा थप चार लाख रुपिया“ लाग्नेछ । आचार्यका अनुसार भारतमा समेत विभिन्न मन्दिरको अक्षतापातीबाट बिजुली निकालिएको भए पनि नेपालमा भने पहिलोपटक पशुपतिनाथ मन्दिरको खेर जाने अक्षतापातीबाट बिजुली निकाल्नका लागि प्रक्रिया अगाडि बढाइएको हो ।
त्यसैगरी, नेप्को नेपालले पशुपतिनाथ मन्दिरभित्र रहेका ४० किरियापुत्री घर तथा तीन सयजना बस्ने वृद्धाश्रमबाट आउने फलफूल, तरकारीलगायत फोहोरबाट समेत बायोग्यास निकाल्न प्रस्ताव गरेको छ । किरियापुत्री घरबाट र वृद्धाश्रमबाट गरी करिब एक सय घनमिटर बायोग्यास उत्पादन हुने लक्ष्य राखिएको छ । ‘फोहोरको रूपमा फालिएका सो वस्तुबाट पाचबाटको करिब दुई सय सिएफएल चिम बाल्न सकिन्छ, फोहोरले वातावरण प्रदूषण भइरहेको बेला त्यसलाई उपयोग गरौ भनेर हामी अघि बढेको छौ“,’ आचार्यले भने । पशुपतिनाथभित्रका शौचालयबाट आउने फोहोरबाट समेत बिजुली निकाल्नका लागि पहल थालिएको तथा किरियापुत्री घर, वृद्धाश्रद्ध, शौचालयको फोहोरबाट निस्कने बिजुलीले पशुपति क्षेत्रको बत्ती बाल्नका लागि उपयोग गर्नेबारे छलफल भइरहेको पराजुलीले बताए ।

प्रतिक्रिया