लादेनको परिवारलाई सजाय

इस्लामाबाद, २० चैत । पाकिस्तानको एउटा अदालतले चरमपन्थी संगठन अलकायदाका पूर्वप्रमुख ओसामा बिन लादेनको परिवारका सदस्यविरुद्ध सजाय सुनाएको छ ।
अवैध रूपमा पाकिस्तानमा बसेको ठहर गर्दै अदालतले सोमबार सजाय सुनाएको हो । लादेनका तीन विधवा श्रीमती र दुई छोरीविरुद्ध यस्तो सजाय सुनाइएको हो ।
उनीहरूलाई ४५ दिने जेल सजाय र जनही एक सय १० अमेरिकी डलर जरिवाना तिराउन अदालतले आदेश दिएको छ । सजायपछि उनीहरूलाई आ–आङ्खनो देशमा प्रत्यर्पण गर्न आदेश दिइएको छ ।
गत वर्षको मे महिनामा पाकिस्तानी सहर एबोट्टाबादमा अमेरिकी सैनिकको गोप्य करबाहीका क्रममा लादेनको मृत्यु भएको थियो । अमेरिकी सैनिकको कारबाहीपछि पाकिस्तानी सुरक्षाकर्मीले लादेनका तीन श्रीमती र दुई छोरीलाई हिरासतमा लिएका थिए । हिरासतमा लिइएका श्रीमतीमध्ये दुईजना साउदी अरबका र तेस्री यमनकी नागरिक हुन् । (एजेन्सी)

प्रतिक्रिया