पुष्पाको पौरख

उमेर २८ वर्ष । जन्मस्थल काठमाडौं डिल्लीबजार । बुबा पूर्णबहादुर बस्नेत र आमा सरिता खा“टी व्यापारी । छोरीको कामचाहि समाजसेवा । छोरी अर्थात् पुष्पा बस्नेत । सन् २०१२ का लागि सिएनएन हिरोमा मनोनयनमा परेकी नेपाली चेली । यो मनोनयनमा पर्नुपछाडि पुष्पाले सामाजिक क्षेत्रमा खेलेका भूमिकाको लामो फेहरिस्तले काम गरेको छ । नतिजा जे होला, मनोनयन मात्रैले पनि उनको सामाजिक बायोडाटाको उच्च मूल्यांकन गरेको चर्चा चुलिएको छ । प्रारम्भिक बालविकास केन्द्रकी अध्यक्ष हुन् उनी, जहा उनको समाजप्रतिको इमानदारी अनि सानासाना बालबालिकाप्रतिको ममता फक्रिएको छ ।
१२ साउन  २०४० सालमा पुष्पाले धर्ती टेक्दा अभिभावकले सपना देखेथे होलान्– छोरीलाई पनि असल व्यापारी बनाउने तर छोरीको मन व्यापारतिर कहिल्यै मोडिएन । जता जा“दा पनि पढ्न नपाएका सहाराविहीन बच्चा देख्दा पुष्पाको मन कुडिन थालेछ । अनि केको व्यापार, थालिछन् त्यस्तै बच्चालाई स्याहार्न । विगत सम्झिइन्– ‘किन–किन त्यो परिस्थितिले मलाई उनीहरूको भविष्यबारे सोच्न बाध्य बनाएछ, अनि त्यही यात्रामा डोहोरिएछ मेरो मन ।’
जतिजति त्यस्ता बालबालिकालाई भेट्दै गइन्, त्यही भेट उनका लागि प्रेरणास्रोत बन्यो । पढ्न नपाउने बालबालिकालाई जम्मा गरेर पढ्ने वातावरण उपलब्ध गराइन्, खुवाइन्, पियाइन् । मानां, ती सबैलाई उनी आफैंले जन्माएकी हुन् । त्यही समर्पण अनि आत्मीयताले आज उनलाई चर्चित बनाएको छ । सिएनएनले पत्याएको छ । ‘इमानदार भए कामको मूल्यांकन गर्नेहरू निस्क“दा रहेछन्’ –उनी मुस्कुराइन् ।
बेसहारा बालबालिकाप्रति समर्पित भएर लागिपरेको लगभग पाच वर्ष पुगेको छ । यति समर्पित छिन् कि आङ्खनो निजी जीवनबारे सोच्ने फुर्सदै छैन उनलाई । बिहे गर्नुपर्ने मस्त उमेरमा छिन् तर उनको कुनै सुरसारै छैन । भन्छिन्– ‘अब आङ्खनैबारेमा सोच्न थालियो भने त यी बच्चाको बिचल्ली भइहाल्छ नि †’ आफैंले हुर्काएका अनि पढाएका बालबोलीहरूले ‘आमा’ भनेर सम्बोधन गर्दा निकै भाग्यमानी ठान्दी रहिछन् । सुनाइन्– ‘सायद उनीहरूले मबाट आङ्खनै आमाबाट  जस्तो माया पाएका छन् ।’ उनको प्रारम्भिक बालविकास केन्द्रमा अहिले ४७  बालबालिका छन् । सातजना डे केयरमा छन्, ४० जनाचाहि“ पढ्छन् ।
आङ्खनो बालविकास केन्द्रलाई कसैले संस्था भनेको उनलाई मन पर्दो रहेनछ । सायद ‘संस्था’ शब्दलाई रुखो मान्छ उनको ममताले । ‘यो त मेरा छोराछोरीका साथ मैले बस्ने माया–ममताको घर पो हो त, जहा हामी परिवारजसरी खुसीसाथ रमाइरहेछौं । मेरो संसारै यही हो’, यी २८ वर्षे तरुण आमा सुनाउदै छिन्– ‘यही ठाउमा हुर्किएकी मेरी जेठी छोरी १७ वर्ष पुगिसकी । मेरो सपना भनेकै यिनै छोराछोरीको सपना पूरा गर्नु हो । उनीहरूको खुसीमा मात्र रमाउन सक्छु ।’
बालबालिकाप्रतिको सहानुभूतिले एक दिन आङ्खनो नाम सिएनएनसग जोडिएला भन्ने उनले सोचेकी थिइन् त ? ‘पक्कै थिएन, मैले केही पाउछु भनेर यो गरेकै होइन । एकैचोटि मनोनयनमा पारिएको चिठी आउदा अचम्मै लाग्यो ।’ चिठीको मुनिपट्टि सिफारिसकर्ता देखिछन्– उनकै साथी । भनिन्– ‘मेरो साथी सबिन सिंह त सिएनएनसग पो आबद्ध भएछन्, पाच महिना लगाएर रिसर्च गरेका रहेछन् । मबारेको डकुमेन्ट्री बनाएर पेस गरेछन्, मलाई थाहै नदिई ।’ उनले थपिन्– ‘सिएनएन बोर्ड बैठकबाट अनुमोदन भएपछि मात्र मनोनयनमा पर्नेलाई थाहा दिइ“दो रहेछ ।’
सिएनएनमा परिणाम के होला, केही उत्सुकता त उनलाई पक्कै छ, तर उनको लक्ष्य भने स्पष्ट छ– आङ्खनो संरक्षणमा रहेका बालबालिकालाई उज्ज्वल भविष्यको बाटो कोरिदिनु । आङ्खना इच्छा र सपनालाई कहिल्यै प्राथमिकतामा राख्दिनन् उनी, जीवनशैली एकदमै मध्यम । तर, पुष्पाको मनचाहि साह्रै  धनी छ, जसले वरिपरिका बालबालिकाका मुहारमा असीमित हासो–खुसी छरिरहेको हुन्छ । प्रमाण खोज्न अन्त जानै पर्दैन, तिनै बालबालिकासग एक छिन कुरा गरे थाहा भइहाल्छ ।

प्रतिक्रिया