नेपाली खेलाडी टोली इजिप्ट प्रस्थान

काठमाडौं, २० चैत । इजिप्टको शर्म ए–शेक सहरमा हुने नवौँ जुनियर विश्व तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन दुई महिला खेलाडीसहित चार सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

अप्रिल ४ देखि ८ तारिखसम्म हुने सो च्याम्पियनसिपमा रुपन्देहीकी सरिता श्रेष्ठले ४४ केजी र विजेश्वरी ज्ञानमन्दिर स्कुलकी नमुना पोखरेलले ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन । प्रतियोगितामा २०० राष्ट्रको सहभागिता रहने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

टोली नेतामा सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र प्रशिक्षकमा महासचिव दीपराज गुरुङ रहेका छन् । राणा र गुरुङले सोही अवसरमा त्यहीँ हुने विश्व तेक्वान्दो महासङ्घको साधारणसभामा पनि भाग लिने छन् ।

सङ्घका अध्यक्ष राणाका अनुसार नेपाली जुनियर तेक्वान्दो खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएको यो पहिलो अवसर हो ।

प्रतिक्रिया