काठसहित एक पक्राउ, सातविरुद्ध पक्राउ पूर्जी

वीरगन्ज, २० चैत । इलाका वन कार्यालय बसन्तपुरको गस्ती टोलीले आज बिहान काठसहित एकजनालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको वन टोलीले अवैधरूपमा जङ्गल क्षेत्रबाट भारततर्फ सालको गोलाई लैजान लागिएको अवस्थामा पर्साको महादेवपट्टी गाविसका अर्जुन पासवानलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुई थान सालको गोलिया बरामद भएको पनि इलाका वन कार्यालय बसन्तपुरले जानकारी दिएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा राखिएको छ ।

यसैबीच वन कार्यालय पर्साले जिल्लाको महादेवपट्टी गाविसका सात व्यक्तिविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । नेपालको जङ्गलबाट भारततर्फ काठ लैजाने गरेको भन्दै उनीहरू विरुद्ध जिल्ला वन कार्यालय पर्साले पक्राउ पूर्जी जारी गरेको हो । महादेवपट्टी गाविसका स्थानीय खेमराज दास, नन्दलाल यादव, भगवती देवी, राजेन्द्र साह, कृष्णमोहन साह, विजय साहलगायत विरुद्ध पक्राउ पूर्जी जारी भएको वन कार्यालय पर्साकी प्रमुख शान्तामाया श्रेष्ठले बताए ।

उनीहरू काठ तस्करमा संलग्न रहेको प्रमाण भेटिएका कारण उनीहरू विरुद्ध सामूहिकरूपमा पक्राउ पूर्जी जारी गरिएको उनले जानकारी दिए ।

पर्साको सुवर्णपुर हुँदै भारतीय बजारमा काठ (सालका गोलाई) बिक्री गरेको प्रमाण प्राप्त भएका कारण उनीहरू विरुद्ध पक्राउ पूर्जी जारी गरिएको बताइएको छ ।

उता, इलाममा शसस्त्र प्रहरीको गस्ती टोलिले पशुपतिनगरबाट प्रतिबन्धित सालकको खपटा आज बरामद गरेको छ । भारतीय सीमा क्षेत्र पशुपतिनगरबाट काठमाडाँै लैजँदै गरेको छ किलो प्रतिवन्धित खपटा पशुपनितगरस्थित बौधधामबाट बरामद गरेको हो ।

नियमित छड्के चेकजाँचको क्रममा ना ३ ख ७८९२ नम्बरको महालक्ष्मी ट्राभल्सबाट झोलामा लुकाएर लैजाँदै गरेको खपटा बरामद गरेको सशस्त्र प्रहरीका नायव उपरीक्षक किरण ढुङ्गानाले बताए ।

प्रतिक्रिया