पेसलाई ५०औं उपाधि

मायामी : भारतीय टेनिस खेलाडी लिएन्डर पेसले आफ्ना जोडीदार रादेक स्तेपनेकसित मिलेर खेल्दै मायामीमा भएको सोनी एरिक्सन ओपनको डबल्सतर्फको उपाधि जितेका छन् । पेसको टेनिस जीवनमा यो ५०औं डबल्स उपाधि हो । यससँगै यो सफलता हासिल गर्ने उनी विश्वमै २४औं खेलाडी बनेका छन् । पेसको जोडीले म्याक्स मिरनी र डयानियल नेस्टरको जोडीलाई ३-६, ६-१ र १०-८ ले पराजित गरेको हो ।
पेस र स्तेपनेकको जोडी पहिलो सेट ३-६ ले पराजित भएको थियो । तर पछि उनीहरू उल्लेखनीय ढंगले खेलमा फर्किएका थिए । पेसले लगातार तेस्रोपटक सोनी एरिक्सन डबल्स उपाधि जितेका हुन् । यसअघि सन् २०१० मा उनले डलुहीसित मिलेर र २०११ मा महेश भूपतिसित जोडी बनाएर खेल्दा यो उपाधि जितेका थिए । यसै वर्ष पेसले रेडिक स्तेपनेकसित जोडी बनाएर खेलेकामा अस्टे्रलियन ओपनको पनि डबल्सतर्फको उपाधि जितेका थिए ।

प्रतिक्रिया