बन्दका कारण जनजिवन प्रभावित

हेटौंडा, २० चैत । संघीयताको बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले गरेको नारायणी अञ्चल बन्दका कारण मकवानपुर, चितवन, बारा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण पूर्व पश्चिम महेन्द्र राजमार्गमा गुड्ने सवारी साधन चल्न सकेका छ्रनन् । जिल्लाको बिभिन्न भागमा चल्ने यातायातका साधन समेत चल्न नसकेपछि यात्रुले सास्ती बेहोर्नु परेको छ ।

हेटौडामा रहेको देशको ठूलो औंद्योगिक क्षेत्रका उद्योग, बिद्यालय र हेटौंडा बजार पूर्ण रुपले ठप्प छ ।

संघीयताको नाममा देश टुक्रयाउन नपाईने, तोकिएकै समयमा संबिधान जारी गर्नुपर्ने लगाएत माग राखेर राजमोले नारायणी अञ्चल बन्द गरेको हो ।

बन्द सफद बनाउन हिडेका राजमोका कार्यकर्तालाई प्रहरीले हेटौंडाको बुद्ध चौंकबाट नियन्त्रणमा लिएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष लक्ष्मण बिष्ट सहित कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया