चुलबुले झुनु

नमस्ते †
म झुनु गुरुङ हु । मेरो घर लम्जुङ हो । लम्जुङमा म बिचौरमा बस्छु ।
बाजेबज्यै खेतीपाती गर्नुहुन्छ । हाम्रो मुख्य पेसा खेती हो । हाम्रो खेतबारी थुप्रो छ । बुबा नेपाली सेनामा काम गर्नुहुन्छ । काका ब्रिटिस गोर्खा सेनामा काम गर्न अर्को देश जानुभएको छ ।
हुन त बाजे पनि सेनामा हुनुहुन्थ्यो । सेनाबाट फर्केपछि बाजेले फेरि खेती गर्न थाल्नुभएको छ । उहालाई आमा र काकीले सघाउनुहुन्छ । बज्यै भान्साको काम गर्नुहुन्छ । बाजेबज्यै बूढाबूढी भए पनि जागरिला र बलिया हुनुहुन्छ । हाम्रो घर जान उकालो–ओरालो गर्नुपर्छ । थकाइ लाग्दा बाटोछेउ वरपीपलको चौतारीमा सुस्ताउने चलन छ । आहा † चौतारामा बस्दा मज्जाले शीतल हुन्छ । बाजेले उकालो बाटोमा सिढी पनि बनाइदिनुभएको छ । गाउलेहरूले पनि सघाउनुभएको छ । गाउमा सबै मिलीजुली बस्छन् ।
पहिले हाम्रो गाउमा स्कुल पाठशाला थिएन । बा र काकाले पनि पढ्नै पाउनु भएन । आमा र काकीले त पढ्ने कुरै भएन । त्यतिखेर छोरी मान्छेले पढ्ने कुरै थिएन । तर, हामी भाग्यमानी छौ । अहिले गाउमै स्कुल छ । म पाच कक्षामा पुगिसकेकी छु । मेरो भाइ दुई कक्षामा पढ्छ । कहिलेकाही मलाई पढ्न लेख्न पनि अल्छी लाग्छ । साथीभाइस“ग खेलेरै दिन बिताउछु ।
‘एई झुनु † के गरेकी यस्तो † जा पढ्न । भाइलाई पनि सिका । के गर्नु हामीले पढ्नै पाएनौ †’ आमा हकार्नुहुन्छ ।
‘आ नपढेर के भो त † हामीले नपढेरै भएको छ । हुन दे, खेलुन्,’ बज्यै बीचैमा भन्नुहुन्छ । हामी मख्ख पर्छौं । फुर्सदको बेलामा म आमालाई घासदाउरा ल्याउन सघाउछु । बाजेसग खेतबारीमा पनि जाने गर्छु ।
बा र काका घरमा आउनुहुदा हामी साह्रै रमाउछौ । बाले राम्रो कथाको किताब पनि ल्याइदिनुहुन्छ । म रमाई–रमाई पढेर सबैलाई सुनाउछु । आमा र काकी पनि खुसी हुनुहुन्छ । हामीलाई सेलरोटी पकाएर खान दिनहुन्छ, क्या मज्जा †
काका विदेशबाट आउनुहुदा गाउमा चाडजस्तै रमाइलो हुन्थ्यो । हाम्रो गाउ“मा बिदामा आएका लाहुरेको भव्य स्वागत गर्ने चलन नै छ । विदेशमा गएका छोरा मान्छेलाई लाहुरे भनिन्थ्यो नि † लाहुरेको फुर्ती नै बेग्लै हुन्थ्यो । साझ रोदी बस्थ्यो । रोदी बस्नु गुरुङहरूको एउटा रमाइलो चलन हो । उमेर पुगेका केटाकेटी एकआपसमा मिलेर दोहोरी गाउछन् । रोदी मिलिजुली गाउमा काम गर्ने थलो पनि हो ।
भाइ पाच वर्षको हुदा छेवर गरिएको थियो । छेवर गर्दा भाइलाई दाम्लोले बा“धेर नानाभा“ती पूजा गरिएको थियो । भोजभतेर भएको थियो । मामाघरबाट कोसेलीपात ल्याइएको थियो । पुटपुटे नाच नचाइएको थियो । पुटपुटे नाचमा कृष्णचरितको गीत गाउ“दै मारुनी नचाइन्छ । पुटपुटे नाच साह्रै रमाइलो पो हुन्छ त †
अब मेरो पनि गुन्यूचोली लाउने बेला भयो रे † गुन्यूचोली पहिलोपल्ट लगाउन पूजापाठ गर्नुपर्ने रहेछ । गुन्यूचोली लगाएपछि म पनि ठूली भए रे † काकाको बिहे फागुनमा भएको हो । काकाको मागी बिहे हो । मागी बिहेमा कलियालाई केटी माग्न रक्सीको ठेकी दिएर पठाइन्छ । अनि कुरो छिन्ने विधि वा साइपाटा विधि गरिन्छ । म पनि बाजेस“गै काकीको घर गएको थिए ।
‘आजदेखि मैले आङ्खनी छोरी तपाईंका छोरालाई दिए’ भन्दै काकीका बाबुले हाम्रा बाजेसग कुम जोडे । एक–एक रुपियाको भेटी पनि एकअर्कालाई चढाए । यसरी बिहेको कुरा छिनेको केही दिनपछि धुमधामले काकाको बिहे भयो । हामी त नयँनया लुगा लगाउन पाएकामा मख्ख थियौ“ । चोरी बिहे पनि हाम्रो जातिमा चल्छ रे † खुसुक्क केटाले केटी भगाएर ल्याउनुलाई चोरी बिहे भनिन्छ रे † त्यस्तो बिहेमा न भोजभतेर हुन्छ न जन्ती † रमाइलो त मागी बिहे नै हो ।
कहिलेकाही हामी बिरामी पर्दा झाक्री बा आएर फाकफुक गर्नुहुन्छ । तर, हाम्रा बालाई झाक्री बाको विश्वासै लाग्दैन । अनि स्वास्थ्यचौकीबाट औषधि लिएर आउनुहुन्छ । कहिलेकाही हामीलाई नै स्वास्थ्यचौकी लिएर जानुहुन्छ । अहिले त हाम्रै गाउमा स्वास्थ्यचौकी पनि छ । तर, स्वास्थ्यचौकीमा डाक्टर र औषधि भने कहिलेकाही मात्र भेटिन्छन् ।
एकपटक पल्लो घरकी ठूलीआमा सिकिस्त बिरामी हुनुभयो । स्वास्थ्यचौकीमा डाक्टर भेटिएन । झा“क्री बाले झारफुक गरिरहनुभयो तर ठूलीआमालाई बचाउन सक्नुभएन । उहा बित्नुभयो । अनि क्याब्रिङ (पुरोहित)ले भनेझै उहाको लासलाई मिथोवा (जलाउने काम) गरियो । एक वर्षभित्र पाये वा अर्घु (बरखी फुकाउने कार्य) गर्नुपर्छ रे †
यो वर्ष त हाम्रो गाउमा पनि घाटुनाच नचाउने रे † हरेक वैशाख पूर्णेका दिन घाटु नचाउने गरिन्छ । मलाई घाटु नाच्न सा¥है रहर छ । अलि ठूली भएपछि त म पनि घाटु नाचिहाल्छु के †
म घाटु नाच्दा तपाईंहरू पनि हेर्न आउनुहोस् है †

प्रतिक्रिया