बनारसमा बुद्ध सम्झिँदा

गत महिनाको तेस्रो साता नेपाली पत्रकारको एउटा टोली छिमेकी मुलुक भारतको बनारस भ्रमणमा गएको थियो । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं–बनारस सिधा उडान थालेको अवसरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि भन्दै हामी त्यसतर्फ गएका थियौ । बनारस नेपालीका लागि नौलो ठाउ होइन । धेरै हिन्दू धर्मावलम्बी नेपालीको चार धाममध्येको एक विश्वनाथको दर्शनका लागि बनारस पुग्छन् । जीवनमा एकपटक पुग्नैपर्ने यो तीर्थस्थलका रूपमा यसलाई लिने गरिन्छ । सम्राट् अशोकले यो मन्दिर बनाउन लगाएको इतिहास छ । डटपेन, डायरी, मोबाइल क्यामेरा आदि बाहिरै राखेर कडा सुरक्षा जाचपछि मात्रै विश्वनाथ मन्दिर प्रवेश गर्न पाइदो रहेछ । त्यसभित्र जाने गल्ली फोहोर भए पनि भित्र सफा र व्यवस्थित छ । सुनैसुनले बनेको पुरानो मन्दिर निकै आकर्षक देखिन्छ ।
सन् १९१६ मा पण्डित मदनमोहन मालवियले स्थापना गरेको प्रख्यात बनारस हिन्दू विश्वविद्यालय (बिएचयु) मा पनि थुप्रै नेपाली पढ्दारहेछन् । नेपालका बारेमा अध्ययन तथा खोज अनुसन्धानका लागि त्यहा नेपाल अध्ययन केन्द्र पनि स्थापना गरिएको छ । बिपी कोइरालाले पनि आङ्खनो कथा र आत्मवृत्तान्तमा बनारसको वर्णन गरेका छन् । काशी, बनारस र वाराणसी भनेर चिनिने यो प्राचीन सहर घुम्नु आफैमा विचित्रको अनुभव सगाल्नु रहेछ । साघुरा गल्ली, पुराना घर, साढेहरूको ताती, पान, चिया र मिठाइ पाइने स–साना पसल, सेता, पहेला, राता रङका रगिंबिरंगी धोतीकुर्तामा बेरेर हिड्ने पण्डा धर्मगुरुहरू ठूलै लस्कर हुदो रैछ’, बनारसमा । भारतको निकै पुरानो सहर बनारस अहिले व्यापारिक कोलाहलले पनि गुन्जायमान हुन थालेको छ । आधुनिकीकरणको हावाले यो सहर पनि अछुतो रहन सकेको छैन । यद्यपि भारतीय नवउदारवादी आर्थिक नीतिबाट सिर्जित नाफामुखी र बाटो छेउछाउका क्याफेहरूमा पाक्ने ‘बिरयानी’ सुगन्धका बीच पनि यो पुरानो तीर्थस्थल आङ्खनो मौलिकताले प्रसिद्ध छ । बनारसवासीहरू यहा“को प्राचीनता र मौलिक संस्कृतिमा गर्व गर्छन् ।
काठमाडौंको रत्नपार्क र सुन्धारा जस्तै त्यहाका फुटपाथ पनि पसलले ओगटेका छन् । पैदलयात्रुले हिड्ने बाटाहरू साघुरा छन् भने फुटपाथ पनि व्यवस्थित छैन । पैदलयात्रुको ठेलमठेल उही काठमाडौंको रत्नपार्कजस्तै हुदो रैछ’ । साझपख मोटरसाइकल र रिक्साको हर्नले वातावरण कोलाहलमय हुन्छ । सवारी साधनहरू एकअर्कासग ठोक्किदै दौडिरहेका हुन्छन् । अधिकांश मोटरसाइकल चालकले हेल्मेट लगाएको देखिदैन । लुकिङ ग्लास कि त हटाइएको छ कि फोल्ड गरिएको छ । अन्य भारतीय सहरझै बनारस सहर पनि साझ ढिलो सुत्छ र बिहान पनि ढिलै उठ्ने गर्छ । बजारबाट २५ किलोमिटर टाढा रहेको लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट होटल पुगेर केहीबेर विश्राम गरी हामी सिधै गंगानदी किनार पुग्यौ । हरेक साझ त्यहा भव्य आरती हुन्छ । दर्जनौ डुंगा तथा मोटरबोटमा सयौ“ विदेशी पर्यटक गंगामा हेलिदै आरतीको मजा लिइरहेका हुन्छन् । धार्मिक अनुष्ठानलाई त्यहा व्यवस्थित रूपमा पर्यटकीय प्रयोजनमा प्रयोग गरिएको छ । तीर्थयात्रीका लागि साझको आरती जति लोभलाग्दो छ, त्यत्तिकै रोचकपूर्ण ढंगले लिने गर्छन् नास्तिक पर्यटकले पनि । चकमन्न बत्तीहरूको समुद्री किनारलाई डुंगाको सहायताबाट नदी बीचबाट देखिने दृश्य साच्चिकै रोचक छ ।
विशेषगरी बौद्ध धर्मावलम्बीका लागि सारनाथ पुग्नैपर्ने ठाउ हो बनारसमा । बिहारको बोधगयामा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि बुद्धका रूपमा पहिलोपटक प्रवचन दिएको ठाउ हो त्यो । झट्ट हेर्दा लुम्बिनीजस्तो देखिने यो ठाउमा अशोक स्तम्भलगायत बुद्धस“ग सम्बन्धित निकै प्राचीन वस्तुहरू सुरक्षित साथ राखिएको रहेछ । सारनाथमा दैनिक रूपमा पुग्ने सयौ विदेशी पर्यटकलाई ‘टुर गाइड’ले ‘भगवान् बुद्धको जन्म सारनाथमा भएको’ भनेर बताउदा रहेछन् । हामीले गाइडलाई बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको जानकारी गरायौ । तर, उनीहरू मान्न तयार भएनन् । लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको तर्क उनीहरू गर्दा रहेछन् । गौतम बुद्धका रूपमा भारतमा उनको पुनर्जन्म भएको भारतीयहरू विश्वास र दाबी गर्छन् । लुम्बिनीका बारेमा सुनेका तेस्रो देशका पर्यटकलाई पनि गाइडहरूले भगवान्का रूपमा बुद्धको जन्म भारतमै भएको बताएर भ्रममा पार्दा रहेछन् । बुद्ध भारतमा जन्मेको भनेर प्रचार गरिएको देख्दा दुःख लाग्यो । तर, हामीले केही गर्न सक्ने अवस्था थिएन । त्यहा भेटिएका पर्यटकलाई बुद्धको जन्मस्थल लुम्बिनी भएको र नेपालले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहेको जानकारी गरायौ । सारनाथकै एक मन्दिरमा सजाइएका ध्वजापताकामा मनमा लागेका कुरा र आङ्खनो इच्छा लेख्न पाइने रहेछ । त्यहा भने सबैले बुद्ध नेपालमा जन्मेका हुन् भनेर लेख्यौ र नेपाली भएकामा गर्व महसुस गर्‍यौ ।

प्रतिक्रिया