बम विष्फोटको छानविन गर्न माग

काठमाडौं, १८ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरको रामानन्द चोकमा आज विहान भएको बम विष्फोटको छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज विज्ञप्ती जारी गरेर बमकाण्डको निष्पक्ष छानविन गर्न र दोषीको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसंग माग गरेको हो ।
आयोगले घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
नयाँ संविधान घोषणा हुने घडी नजिकिंदै गर्दा यसप्रकारका घट्ना हुनु दुःखद र दुर्भाग्यपूर्ण रहेको आयोगको भनाई छ । उसले देशमा शान्ति र सुव्यवस्था कायम राख्न र नागरिकलाई शान्ति र सुरक्षाको अनुभूति दिलाउन सरकारलाई आयोग आग्रह गरेको छ ।
बम विष्फोटबाट चार जनाको मृत्यु भएको थियो भने २८ व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया