जातीय राज्यमा प्रवेश गरेको आरोपमा पार्टी परित्याग

पोखरा, १८ वैशाख । जातीय राज्यको सर्वत्र बिरोध भैरहेका बेला कास्की भलाम गाविसका दुई एमाले कार्यकर्ताले पार्टी जातीय राज्यमा गएको भन्दै पार्टी परित्याग गरेका छन् ।

एमालेले जनताको भावना विपरित जातीय राज्यमा जाने निर्णय गरेको भन्दै भलाम–१ का एमाले कार्यकर्ताद्वय भरत बस्नेत र तेजवहादुर गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गरेका बस्नेत कास्की क्षेत्र नम्ब २ का सचिवालय सदस्य हुन् भने गौतम एमाले गाउँ कमिटी भलामका सकृय सदस्य हुन् । जातीय राज्यले देश विखण्डन गर्ने भएकोले त्यसका विरुद्ध आवाज उठाउनुपर्नेमा उल्टै जातीय राज्यको वकालत गर्न थालेपछी आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । साथै उनीहरुले अब आईन्दा कुनैपनि पार्टीमा नबस्ने स्पष्ट पारेका छन् ।

बस्नेत क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य तथा कास्कीका सचिव समेत हुन । समाजले जातीय राज्यको विरोधमा आन्दोलननै थालिसकेको अवस्थामा पार्टीले जातीय राज्यको अवधारणा ल्याएकोले आफूले पार्टी परित्याग गरेको उनको भनाई छ । उनले जातीय राज्यको पक्षमा उभिए धेरै ईमान्दार कार्यकर्ताले पार्टी परित्याग गर्ने र त्यो लहरको रुपमा आउने दाबी गरेका छन् । त्यस्तै गौतम क्षेत्री समाज नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष छन् । राष्ट्रिय अखण्डता तथा जातीय सद्भावका लागि कृष्णवहादुर कार्कीको संयोजकत्वमा ५ सय १ सदस्यी संयूक्त संघर्ष समिति गठन गरिएको छ ।

समितिको सह संयोजकमा रेवती विलाश पौडेल, सचिव गोविन्दप्रसाद वस्ताकोटी, कोषाध्यक्ष राम हमाल र सदस्यहरुमा मैना अधिकारी, लालुमायाँ नेपाली, प्रेमनारायण अधिकारी, फणिन्द्रनाथ शर्मा, ढाकामोहन सुवेदी, निर्मल खत्री, खिमबहादुर नेपाली, खिमबहादुर कार्की, रहनु भएको भलामबाट पत्रकार सूर्य वास्तोलाले जानकारी दिए । समितिको सल्लाहकार सदस्यमा तेजवहादुर गौतम र भरत बस्नेत रहेका छन् ।

प्रतिक्रिया