सञ्चारिद्वारा पत्रकारहरुलाई पुरुस्कार प्रदान

काठमाडौँ, १८ वैशाख । महिला पत्रकार तथा सञ्चारकर्मीहरुको साझा मञ्चकारुपमा रहेको सञ्चारिका समूह नेपालले आफ्नो १६ औँ स्थापना दिवसका अवसरमा विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।
राजधानीमा आज आयोजित समूहको १६ औँ स्थापना दिवस तथा पाँचौ महाधिवेशनका क्रममा यसवर्षको १५ हजार नगद र प्रमाणपत्रसहितको ‘सञ्चारिका समानता पुरस्कार’बाट सौर्य दैनिकका पत्रकार दीपक सापकोटालाई सम्मानित गरिएको छ ।

यसैगरी सातहजार १ सय ११ नगद र प्रमाणपत्रसहितको ‘स्वर्गीय उमासिंह पत्रकारिता पुरस्कार’बाट लमजुङकी पत्रकार प्रेमकुमारी घले तथा सम्मानपत्रसहितको ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’बाट रुबी रौनियार र सौर्य दैनिककी फोटो पत्रकार देवकी विष्टलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया