यौनमा सकारात्मक सोचको प्रभाव

यौनलाई सन्तान उत्पादनबाहेक आनन्द र मनोरञ्जनका रूपमा पनि हेरिएको पाइन्छ । तर, यौनसम्बन्ध हुनासाथ आनन्दानुभूति हुन्छ नै भन्ने ग्यारेन्टी पनि नहुन सक्छ । सुखी यौनजीवन र सन्तुष्टिका लागि थुप्रै कुराले भूमिका खेलिरहेका हुन्छन् । यीमध्ये महत्त्वपूर्ण कुरा हो– सकारात्मक सोच । सकारात्मक सोचका साथ हुने शारीरिक सम्बन्धले यौन जीवनलाई आनन्दपूर्ण बनाउने विभिन्न सर्वेक्षणले देखाएका छन् ।
यौनसम्बन्ध राख्दा मानसिक, शारीरिक तथा आत्मिक रूपमा समन्वय भए मात्र आनन्दको गहिराइमा पुग्न सकिने स्वास्थ्यविद्हरूको धारणा छ । सकारात्मक सोचले मानव शरीरमा भएको एस्ट्रोजन तथा टेस्टोस्टटेरोन हर्मोनलाई जगाउँछ । यो जाग्नु भनेको यौनेच्छा जागृत हुनु हो ।
यौन क्रियाकलापका बखत रमाइला कुराकानी गरेर गम्भीरपन हटाउन सक्नुपर्छ । एकअर्कासँग एकदमै खुलेर कुराकानी गर्दा पनि रमाइलो हुन सक्छ । यौनसम्पर्क राख्ने क्रममा एकअर्काको भावना बुझ्ने प्रयास गर्नुपर्छ । कुनै एकमा यौनसम्पर्क राख्ने मुड छैन भने प्रेमिल कुराकानीबाट मुड जगाउने प्रयास गर्नुपर्छ । यौनसम्पर्क राख्ने क्रममा कसैको मनमा नकारात्मक सोच या शंका भए त्यसलाई निवारण गर्नेतर्फ ध्यान दिइहाल्नुपर्छ । शारीरिक समागमका क्रममा एकअर्काका प्रत्येक अंगसँग नजिकिन जरुरी हुन्छ । यौनसम्बन्धको बखत कम बोलेर एकअर्काप्रति दत्तचित्त भएमा यौनकार्यले आनन्दमय गति लिन्छ । यी सबै कुरामा सकारात्मक हुन सक्यो भने मात्र यौनजीवन सुखमय र आनन्ददायक हुन्छ । अनि त्यसले दाम्पत्य जीवनमा पनि सुमधुरता ल्याइदिन्छ ।

प्रतिक्रिया