कामुक फोटोले अञ्जुलाई तनाव

काठमाडौं, १८ वैशाख । सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिनभरि एउटा कामुक तस्बिर हटकेकजसरी छ्याप्छ्याप्ती बन्यो । तस्बिरले ठूलो हैरानी दियो गायिका अञ्जु पन्तलाई ।
टपलेस अवस्थामा एक युवकसित टङकिसमा मस्त युवती अञ्जु पन्त भएको प्रचार गरिएकाले सनसनी फैलिएको थियो । आफूलाई गीत/संगीतप्रेमी भन्ने एक फेसबुक समूहले सुरुमा सो तस्बिर सार्वजनिक गरेको हो । तस्बिरकी युवती अञ्जु नै भएको दाबी सो समूहले गरेको छ । युवक को हुन् भन्नेचाहिँ कतै खुलाइएको छैन ।
तस्बिरमा देखिएकी युवतीको अनुहार अञ्जुसित मिल्दोजुल्दो छ भने हातको औँलामा लगाएको औँठी र नाकको नत्थीसमेत मिल्नाले शंका गर्नसक्ने आधार थिए । तर, अञ्जुले सो तस्बिर आºनो हुनै नसक्ने ठोकुवा गरेकी छन् । ‘औँठी मेरोजस्तै छ तर हात मेरो होइन,’ अञ्जुले सौर्यसँग फोन सम्पर्कमा भनिन् ।
तस्बिरका कारण अञ्जु दिनभरि तनाबमा रहेकी थिइन् । लामो प्रयासपछि मात्र उनको मोबाइलमा सम्पर्क भएको थियो । तर, तस्बिरको प्रसंग झिक्नासाथ फोनमा भनियो, ‘म अञ्जु होइन, उसकी दिदी मञ्जु हुँ, उसैलाई फोन गर्नुस् न †’ फोन नकाटिँदै उनैलाई सोधियो, ‘तर तपाईंको स्वर त ठ्याक्कै अञ्जुकै जस्तो छ नि †’ त्यसपछि उनले ‘अहिले गीतको रेकर्डिङमा व्यस्त छु, एक घन्टापछि फोन गर्नुस्’ भन्दै सम्पर्क टुटाइन् ।
आफू अञ्जु नभएर दिदी मञ्जु भएको बताउँदा उनको आवाज लर्बरिएको थियो । पछि फेरि फोन गर्दा उनले आफू कार्यक्रमका लागि पर्वतमा रहेको र सो तस्बिरका कारण हैरानी खेप्नुपरिरहेको बताइन् । ‘म एक्लो जीवन बिताइरहेका बेला कसैले प्रविधिको दुरुपयोग गरेर मलाई बदनाम गराउन खोजेको हो,’ अञ्जुले भनिन् ।
केही समयअघि पति मनोज सेवासँग मनमुटावका कारण छुट्टिएकी अञ्जु अहिले एक्लो जीवन बिताइरहेकी छन् । अञ्जुले आफू काठमाडौं फर्किन केही दिन लाग्ने बताइन् । यसअघि नायिका नम्रता श्रेष्ठ र पूजा लामाका सेक्स भिडियोले हंगामा मच्चाएका थिए ।

प्रतिक्रिया