मुस्लिम सभासद्का दोस्रो चरणको आन्दोलन

काठमाडौं, १७ वैशाख । मुस्लिम समुदायको संवैधानिक अधिकार प्राप्तिका लागि राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर गठबन्धनले दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो । पहिलो चरणमा माग पुरा नभएपछि दोस्रो चरणका आन्दोलन सार्वजनिक गरेको मुस्लिम समुदायका सभासदले जनाएका छन् ।
गठबन्धनले दोस्रो चरणको आन्दोलन अन्तर्गत वैशाख–२० गते प्रमुख राजनीतिदलका नेता र आन्दोलनरत प्रतिनिधिबीच अन्तक्र्रिया, २३ गते देशभर र्‍याली, प्रदर्शन र जनसभागर्ने, २७ गते देशव्यापी मशालजुलुस र २८ गते तराई–मधेश क्षेत्र र गण्डकी, धौलागिरी अञ्चलबन्द हड्तालगर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया