खोजखबर

फाष्ट्रयाकमा सेनाको मृत्यु

सौर्य अनलाइन २०६९ वैशाख १७ गते १०:४९ मा प्रकाशित

हेटौंडा, १७ वैशाख । सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको काठमाडौं–तराई जोड्ने फाष्ट्रयाक निमार्णका क्रममा नेपाली सेनाका एक जवानको ज्यान गएको छ ।
धियाल–९ मा ढुङगा व्लाष्ट गर्नेक्रममा लडेर घाईते २९ बर्षीय सैनिक जवान वाबुराम कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
व्लाष्ट गर्ने क्रममा आफूले टेकेको माटोको ढिस्कोसँगै कार्की लडेका थिए । फुसफुसे माटोसँगै लड्दा कार्कीलाई टेकेकै माटोले पुरेको प्रत्यक्षदर्शीको भनाई छ ।  सौर्य

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय