कोकणाको पुनरागमन

मुम्बई : लामो समयको ग्यापपछि बलिउड अभिनेत्री कोकणा सेन शर्मा चलचित्रमा फर्किएकी छन् । छोरा जन्मिएपछि उनी अभिनयबाट टाढिएकी थिइन् ।
उनका पति अभिनेता रणवीरले शर्माले कोकणा अभिनयमा फर्किएको एजेन्सीलाई बताएका हुन् । २००१ मा चलचित्र सात खुन माफमा छोटो भूमिकामा देखिएकी उनले अब भने अनन्त महादेवको आगामी चलचित्र गौरहरि दास्तानमार्फत बलिउडमा पुनरागमन गर्न लागेकी हुन् । कोकणाले अब पहिलेजसरी नै अभिनयमा निरन्तरता दिने बताउँदै रणवीरले भने, ‘छोरा जन्मेपछि मैले चलचित्र क्षेत्रबाट ६ महिनाको बिदा लिएँ भने उनी पनि दुई वर्ष विश्राममा बसिन् ।’ यो चलचित्रमा रणवीरले पनि अभिनय गर्ने एजेन्सीले उल्लेख गरेको छ । २०१० मा विवाहबन्धनमा बाँधिएको यो जोडीले २०११ मा छोरा जन्माएको थियो । (एजेन्सी)

प्रतिक्रिया