बिहेबारे बेखबर जोलीका बाबु

हलिउडको विख्यात जोडी ब्राड पिट र एन्जेलिना जोलीबीच विवाह हुने खबरबारे पूरै संसार जानकार छ । तर, बाबु जोन भोइज्टलाई जोलीले विवाहको जानकारी अझै दिएकी छैनन् । ‘उसको विवाह हुनु राम्रो कुरा हो । विवाहबाट उनीहरु खुसी रहुन्, मैले चाहेकै त्यही हो,’ बाबु जोनले भने ।
७३ वर्षीय जोनले जोली र पिट कसैले पनि विवाहको कुरा आफूसँग ‘सेयर’ नगरेको गुनासो गरेका छन् । ‘अहँ, यसबारे उनीहरुले मलाई एकशब्द कुरा गरेका छैनन्,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया