“ब्याड गर्ल”

हलिउड अभिनेत्री केट बेकिनसेल आगामी फिल्म ‘टोटल रिकल’ मा खराब केटीको भूमिकामा देखिने भएकी छन् । फरक ‘रोल’ पाएकामा उनी मख्ख छिन् ।
‘यसअघि कुनै फिल्ममा ‘ब्याड गर्ल’ भएर अभिनय गरेकी थिइनँ, त्यसैले म ज्यादै उत्साहित भएको छु,’ ३८ वर्षीया केटले भनिन् । ‘खलपात्रको भूमिकामा देखापर्न पाउँदा ज्यादै प्रसन्न भएकी छु । गृहिणीका रुपमा देखिँदै आएकी म फिल्ममा हत्यारा बन्ने भएकी छु । फिल्मी भूमिकामा आएको फेरबदल मेरा लागि उत्साहजनक छ,’ उनले भनिन् । फिल्ममा केटसँग कोलिन फारेल र जेसिका बिलले अभिनय गर्ने तय भइसकेको छ । (एजेन्सी)

प्रतिक्रिया