ऋतिकको डान्सबाट मख्ख

बलिउड अभिनेता ऋतिक रोशनको नृत्य नरुचाउने मानिस सायदै होलान् † ऋतिकको नृत्य रुचाउनेको सूचीमा उनका सहकर्मी अक्षयकुमार पनि दरिएका छन् । ऋतिकको नृत्यबाट अक्षय यति प्रभावित भएका छन् कि उनले आफ्नो छोरालाई ऋतिकको चेलो बनाउने सोच बनाएका छन् ।
ऋतिकको तारिफ गर्दै अक्षयले भने, ‘नृत्यमा ऋतिकका सबै ‘स्टेप’ अद्भुत छन् । जब उनी नृत्य गर्न थाल्छन्, तब एउटा अभिनेतामा हुनुपर्ने जम्मै गुण उनमा झल्किन्छन् ।’ यदि ऋतिकले ‘डान्स स्कुल’ स्थापना गरे भने उनका स्कुलमा भर्ना हुने पहिलो व्यक्ति आफ्नै छोरा हुने उनले उल्लेख गरे । ‘ऋतिकले स्मरण गर्नयोग्य नृत्य गरेका छन्, उनले थुप्रै कठिन ‘स्टेप’ देखाइसकेका छन् ।’ ऋतिकको जस्तो नाच्न आफू असमर्थ रहेप नि उनीसँग एक्सन फिल्ममा काम गर्ने आफ्नो धोको रहेको उनले
बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया