क्यासिनोमा प्रहरी छापा

नेपालगन्ज १५ वैशाख । नेपालगन्जको होटल स्नेहामा सञ्चालित ह्यापी आवर क्यासिनोबाट प्रहरीले प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ ।
आज बिहान क्यासिनोमा छापामारी प्रहरीले पाँच सय र हजार दरका ४ लाख भारतीय नोट बरामद गरेको हो ।
सरकारले पाँच सय र हजारको भारु नोटको प्रचलनमा प्रतिबन्ध लगाएपनि क्यासिनोले उक्त नोटको प्रयोग गरिरहेको थियो ।
प्रहरीले भारतीय रुपैयासँगै केही भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया