पेनाल्टीका खलनायक

यस वर्षको च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल स्पेनिस क्लबविहीन हुने भएको छ । बार्सिलोना चेल्सीसँगको खेलमा २–२ गोलको बराबरी गर्दै एग्रिगेटमा ३–२ ले पराजित भएको एक दिनपछि रियल म्याड्रिड वायर्न म्युनिखसंँग टाइब्रेकरमा पराजित भयो । पहिलो लेगमा २–१ ले पराजित रियल दोस्रो लेगमा २–१ ले विजयी भए पनि टाइब्रेकरमा ३–१ ले पराजित भयो । रियलका रोनाल्डो, काका र सर्जियो रामोसको पेनाल्टी प्रहार असफल भयो  ।
दुवै स्पेनिस क्लबको बहिर्गमन उस्तै ढंगले भयो ।  एक दिनअघि  नियमति समयमै स्टार खेलाडी लियोनल मेसीको पेनाल्टी बारमा लागेर फर्केपछि त्यही बल लगेर चेल्सीका फर्नान्डो टोरेसले गोल गरे भने एक दिनपछि अर्का स्टार रोनाल्डोको पेनाल्टी असफल भयो । स्टार खेलाडीका असफल पेनाल्टी प्रहार फुटबलको दुनियाँमा सधँै चर्चामा रहँदै आएका छन् ।
फुटबलमा उपाधि जित्नलायक टोलीका स्टार खेलाडीले  यस्तैखाले नियति बारम्बार भोगेका छन् । सन् १९८६ को विश्वकप फुटबलमा ब्राजिल उपाधिको स्वाभाविक दाबेदार मानिन्थ्यो । जिकोबाट प्रेरित ब्राजिल उनैले पेनाल्टीमा गोल गर्न असफल भएपछि विश्वकपबाट बाहिरिएको थियो । फ्रान्स र ब्राजिलबीचको त्यो क्वार्टरफाइनल खेल सदैव चर्चायोग्य मानिन्छ । ८० को दशकका महान् खेलाडी मिसेल प्लाटिनीले समेत पेनाल्टी अवसर खेर फाले पनि फ्रान्स सेमिफाइनल प्रवेश गर्न सफल भएको थियो ।
पेनाल्टीमा सफलता र असफलताको कथा हेर्ने हो भने सबैभन्दा धेरै टाइब्रेकरको सामना गर्ने चर्चित देशमा इटाली रह्यो । सन् १९९० को विश्वकप सेमिफाइनलमा अर्जेन्टिनासँंग, १९९५४ को विश्वकप फाइनलमा ब्राजिलसँंग र  १९९८ को विश्वकप क्वार्टरफाइनलमा  फ्रान्ससंँग इटाली पराजित भएको थियो । त्यस्तै इटालीले सन् २००६ को फाइनलमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जित्यो ।
धेरै टाइब्रेकरमा सामना गर्ने राष्ट्र ब्राजिल  र जर्मनी पनि रहे । फ्रान्ससँंग टाइब्रेकरमा पराजित भएको आठ वर्षपछि ब्राजिलले इटालीलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको थियो । १९९८ मा ब्राजिलले सेमिफाइनलमा बलियो टोली नेदरल्यान्ड्सलाई टाइब्रेकरमा नै हराएको थियो ।
टाइब्रेकरमा धेरैजसो सफल रहने टोली भने जर्मनी रह्यो । १९९० को विश्वकप सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फइनल प्रबेश गरेको जर्मनीले २००६ को क्वार्टरफाइनलमा अर्जेन्टिनालाई टाइब्रेकरमा नै पराजित गरेको थियो ।
जहाँसम्म राष्ट्रिय टोलीको टाइब्रेकरको चर्चा छ, धेरै स्टार खेलाडी नै टाइब्रेकरमा  चुकेको देखिन्छ । सन् १९९४ कै विश्वकपमा तत्कालीन फिफा वर्ष खेलाडी रोबर्टो बाजियोको अन्तिम पेनाल्टी प्रहार बाहिरिएपछि  इटाली उपाधि विमुख भएको थियो । यसको चार वर्षअघि अर्थात् सन् १९९० मा अर्जेन्टिनाले सेमिफाइनलअघि युगोस्लाभियाको सामना गरेको थियो । त्यस खेलको निर्णय पनि टाइब्रेकरमा भएको थियो । युगोस्लाभियासँगको खेलमा डिएगो म्याराडोनाको पेनाल्टी गोलकिपरले रोके पनि अर्जेन्टिना त्यो चरण पार गर्न सफल रहेको थियो । सन् २००४ को युरो कप फुटबलको क्वार्टरफाइनलमा दोस्रो चरणमा डेबिड बेकह्यामले पेनाल्टी बाहिर हानेपछि इंग्ल्यान्ड बाहिरिएको थियो ।
अन्य  थुप्रै स्टार खेलाडी पेनाल्टी प्रहारमा चुकेका छन् । सन् २००० को युरो कपको सेमिफाइनलमा स्पेनको भिडन्त फ्रान्ससँग भएको थियो । एकदमै बलियो टोली स्पेन अन्तिम समयसम्म २–१ ले पछि थियो । अन्तिम समयमा पेनाल्टी अवसर त पायो तर नियमित पेनाल्टी प्रहार गर्ने गाइजा मन्डिएता प्रतिस्थापन भइसकेका थिए । स्टार खेलाडी राउल गोन्जालेजको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरिएपछि स्पेन युरो कपबाट बाहिरिएको थियो । स्पेनको त्यो दुभागर््य यत्तिमा मात्र सीमित रहेन । त्यसको दुई वर्षपछिको विश्वकप क्वार्टरफाइनलमा दक्षिण कोरियासँग टाइब्रेकरमा पराजित हँुदै स्पेन बाहिरिएको थियो ।
यसरी महत्त्वपूर्ण समयमा पेनाल्टी प्रहारमा चुक्ने खेलाडीमा जिको, लियोनल मेसी, रोनाल्डो, काका, रोबर्टो ब्याजियो, डिएगो म्याराडोना, मिसेल प्लाटिनी, डेबिड बेकह्याम र राउल गोन्जालोजजस्ता थुप्रै स्टार रहे । तर आश्चर्य, यसका बाबजुद जर्मनीका कुनै नाम चलेका स्टारले यो नियति भोग्नु परेन ।
पेनाल्टी उपयोग गर्ने कुरामा अन्य राष्ट्रभन्दा सचेत जर्मनीले सन् १९९० को विश्वकपमा पनि आश्चर्यजनक ढंगले सफलता पाएको थियो । जर्मनीले नियमित समयमा पेनाल्टी पाउँदा लोथार म्याथ्युजले प्रहार गर्ने गरेका थिए । त्यसै विश्वकपमा पनि उनले पाँच गोल गरिसकेका थिए । फाइनलमा अर्जेन्टिनासंँग पेनाल्टी पाउँदा उनले गोल गरेको भए शीर्ष गोलकर्ता पनि हुने थिए । तर, जर्मनीले आन्द्रेस ब्रेम्हालाई पेनाल्टी हान्न लगायो । रक्षक ब्रेम्हाले पनि उत्कृष्ट पेनाल्टी प्रहार गर्दै जर्मनीलाई विश्वकप दिलाए । जर्मनीको राष्ट्रिय टोलीझँ त्यहाँको पायनियर क्लब म्युनिख पनि पेनाल्टी प्रहारमा सफल नै रह्यो । २००१ को युरोकप फाइनलमा टाइब्रेकरबाट उपाधिको निर्णय हँदा बायर्नले भ्यालेन्सियालाई माथ दिएको थियो यसपटक सेमिफाइनलमा रियललाई । जे होस् पेनाल्टी प्रहारमा जर्मनहरु नै उत्कृष्ट हुन्, चाहे क्लब होस् या राष्ट्रिय टोली । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया