सोनम पुन: अभयको साथ

मुम्बई : बलिउड नायिका सोनम कपुर पुन: अभय देवलका साथ पर्दामा देखिने भएकी छन् । यसअघि चलचित्र आयसाको सुटिङ दौरान एकअर्कासंग मनमुटाब भएपछि उनीहरुले एउटै चलचित्रमा काम नगर्ने बताउँदै आएका थिए । निर्माता  आनन्द यल रायले आफ्नो नयाँ चलचित्रमा यो जोडीलाई एकसाथ काम गर्न मनाएका हुन् । यस अगाडि रायले तनु वेड्स मनु नामक चलचित्र निर्माण गरेका छन् । आयसाको सुटिङमा आफ्नो भूमिकामाथि अभयले आलोचना गरेको भन्दै सोनम बिच्किएकी थिइन् । सोनमले ठूलै प्रतिक्रिया जनाएपछि उनीहरुबीच मनमुटाब सुरु भएको थियो । सँगै काम गर्न तयार भए पनि एकअर्कासँग व्यक्तिगत सम्बन्ध भने नराख्ने उनीहरुले एजेन्सीलाई बताएका छन् । निर्माता रायको चलचित्रमा काम गर्न पाउँदा सोनम उत्साहित छिन् । यसमा सोनमको लामै भूमिका छ भने अभयको छोटो । यी दुईको जोडी पर्दामा निक्कै सुहाउँदिलो देखिने भएकाले लिन लागिएको निर्माता रायले बताएका छन् ।  एजेन्सी

प्रतिक्रिया