लिजले विवाह गर्ने

लन्डन : हलिउड अभिनेत्री लिज हर्लेले विवाह गर्ने भएकी छन् । उनले आगामी वर्ष प्रेमी शेन वार्नसँग विवाह गर्न लागेकी हुन् । वार्न अस्ट्रलियाका पूर्वक्रिकेटर  हुन् ।  ब्रिटेन र अस्ट्रेलिया दुवै देशमा वैवाहिक कार्यक्रम गर्ने योजना सो जोडीले बनाएको एजेन्सीले उल्लेख गरेको छ । हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा हर्लेले एकअर्काको पृष्ठभूमि र करियर निकै फरक भए पनि वार्नको साथ पाएर आफू निकै खुसी रहेको प्रतिक्रिया दिइन् । भनिन्– वार्न मलाई धेरै माया गर्छन् । फरक देशका भए पनि हामीबीच धेरै समानता छन् ।’
उनीहरुले गत वर्ष इङ्गेजमेन्ट गरिसकेका छन् । वार्नले हर्लेलाई तीन हजार पाउन्डबराबरको औंठी पहिर्‍याएका थिए । यी दुवैको यो दोस्रो विवाह हुनेछ । भारतीय व्यापारी अरुण नायरसँग पारपाचुके गरेकी हर्लेको उनका तर्फबाट एउटा छोरा पनि छन् । वार्नले पनि पहिली श्रीमती सिमोनलाई २००६ मा डिभोर्स दिएका थिए ।

प्रतिक्रिया