दलहरुका वीच धेरै बिवाद छैनः प्रधानमन्त्री

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री बावुराम भट्टराईले निर्धारित समयभित्रै संविधान जारी हुनेमा विश्वास व्यक्त गर्नु भएको छ । संविधानका अधिकांश विषयमा दलहरुबीच सहमति भइसकेको उहाँको भनाई छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले दुई दिन भित्र संविधानका सबै विवादित बिषयमा सहमति कायम हुने दाबी गर्नु भयो । प्रधानमन्त्री भट्टराईले भन्नु भयो, ‘सहमतिकै संविधान जारी हुन्छ, तपाईहरुले आशंका नगर्नुस ।’
उहाँले संविधानका केही बिषय जटिक प्रकृतिका रहेका कारण सहमतिमा पुग्न समय लागेको बताउनु भयो । बाहिर आएजस्तो दलहरुबीच नयाँ संविधानका विवादित विषयमा समस्या नरहेको प्रधानमन्त्री भट्टराईको भनाई छ ।

प्रतिक्रिया