पर्यटकीय क्षेत्र बन्दै इन्द्रावती

काठमाडौं, १४ वैशाख । प्रस्तावित इन्द्रावती जलाशययुक्त जलविद्युत् आयोजना उत्कृष्ट पर्यटकीय विद्युत् आयोजना बन्ने भएको छ ।
उपत्यकासँग जोडिएको काभ्रे र सिन्धुपाल्चोकको दोसाँधमा पर्ने सो आयोजनालाई उत्कृष्ट पर्यटकीय जलविद्युत् आयोजनाका रूपमा विकास गर्न सकिने ऊर्जा मन्त्रालयले बताएपछि त्यस्तो सम्भावना देखिएको हो । ‘जलविद्युत् आयोजनासँगै पोखराको फेवातालभन्दा पनि सुन्दर तालका साथै बोटिङका लागि उत्कृष्ट आयोजना बनाउन सकिने धेरै सम्भावना देखिएको छ,’ ऊर्जा राज्यमन्त्री एवं काभ्रेका सभासद् सूर्यमान दोङले भने । उनले थपे, ‘जलविद्युत् आयोजनाको सम्भाव्यताबारे अध्ययन भइरहेको छ, काठमाडांैबाट सबैभन्दा नजिक र सुन्दर दोलालघाट क्षेत्रमा भएकाले यसले पर्यटन क्षेत्रमा ठूलो सुधार ल्याउन सक्छ ।’
एक सय मेगावाटको आयोजना निर्माण भएमा दुई हजार नौ सय नौ हेक्टर खेत र चारसय ६० घरधुरी डुबानमा पर्न सक्छन् । माछाका लागि प्रसिद्ध दोलालघाटनजिक बन्न लागेको आयोजनाबाट ताल र बोटिङका अलावा फिसिङ, होटेल व्यवसायलगायत सञ्चालन गरेमा लाखाँै स्वदेशी तथा विदेशी पर्यटकलाई यस क्षेत्रमा आकर्षण गर्न सकिने र  हजारौँले रोजगारी पाउने सम्भावना रहेको विज्ञहरू बतउँछन् ।
सन् २००० मा सर्भे गरी देशभरिबाट छनोट गरिएका उत्कृष्ट १० जलाशययुक्त आयोजनामध्ये इन्द्रावती पनि एक हो । अहिले यो आयोजनाको सम्भाव्यता अध्ययन नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ भने जाइकाले गुरुयोजना निर्माण  गरिरहेको छ । काठमाडौंबाट ५० किलोमिटर नजिक पर्ने सो आयोजनालाई पर्यटकीय गन्तव्यको सम्भावना प्रशस्त रहेको आयोजनाका संयोजक प्रेमचन्द्र गुप्ताले बताए ।
‘जलविद्युत् आयोजनाको सम्भाव्यताबारे हामीले अध्ययन त गरिरहेका छाँै तर यहाँको सुन्दरताको आधारमा यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखिएको छ,’ उनले भने । ‘पर्यटकीय हिसाबले धेरै राम्रो आयाजना इन्द्रावती हो,’ काभ्रेका सभासद् कृष्णप्रसाद सापकोटाले थपे, ‘बहुउेद्देश्यीय आयोजना बनाउन सके यसले सिँचाइलगायतका क्षेत्रमा ठूलो मद्दत पनि गर्छ ।’
जलविद्युत् आयोजनामध्येको एक उत्कृष्ट पर्यटकीय आयोजना बनाउन सकिने भए पनि इन्द्रावती सम्भाव्यता अध्ययनका लागि १० लाख रुपियाँ मात्र छुट्इएको छ, जुन एकदम कम हो तर राज्यमन्त्री दोङ अध्ययनले उपयुक्र्त देखिएमा बजेटको कुनै समस्या नहुने र नजिकको आयोजना भएकाले धेरै पक्षहरू लगानी गर्न इच्छुक रहेको बताउँछन् ।
आयोजना छिटोभन्दा छिटो निर्माण गर्नका लागि सार्थक पहल नभएको जनगुनासो छ । तर ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई छिटोभन्दा छिटो अध्ययन सिध्याएर आयोजना अघि बढाउन काभ्रे र सिन्धुपाल्चोकका सभासद्हरूले बारम्बार दबाब दिइरहेको बताउँछन् । ‘ऊर्जामन्त्री गोकर्ण विष्ट हुँदा हामीले भेटेर दबाब दिएका थियाँै, अहिले पनि दबाब दिइरहेका छाँै,’ सापकोटा भन्छन् । काभ्रेकै सभासद् कमला थापा पनि अहिले काभ्रे र सिन्धुपाल्चोकको भविष्यसँग जोडिएको इन्द्रावती छिटो अगाडि बढाउन आवाज उठाइरहेको र अझ सशक्त बनाउनुपर्ने बताउँछिन् । ‘स्थानीयवासीको माग र आवश्यकतालाई मध्यनजर पनि गर्नुपर्छ तर इन्द्रावती बन्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौँ,’ उनी भन्छिन् ।
काठमाडांैबाट डेड घन्टामै पुग्न सकिने यस क्षेत्रमा इन्द्रावती आयोजना बनाउन सकिएमा विश्वका धेरै पर्यटकको केन्द्रविन्दु बन्नसक्ने सम्भावना रहेको पर्यटन व्यवसायी बताउँछन् । काठमाडौंबाट एकै दिनमा स्वदेशी तथा विदेशी पर्यटकले नमोबुद्ध, धुलिखेलका साथै भोटेकोसीको रयाºिटङ, बन्जिजम्मका साथै दोलालघाटमा आयोजना बनेमा बोटिङ, फिसिङलगायतका मनोरञ्जन सजिलै लिन सक्छन् ।

प्रतिक्रिया