मेगन अब कमेडितिर

लसएन्जलस : प्राय:जसो कामुक एवम् एक्सन छविका साथ हलिउडमा राज गर्दै आएकी मेगन फक्स अब कमेडी भूमिकातिर ढल्किएकी छन् । सेक्सी एक्सन गर्लका रुपमा परिचित उनले सधैंभरिका एकै खालका भूमिकाबाट दिक्कै लागेका कारण भूमिका परिवर्तन गर्ने सोच बनाएकी हुन् ।
साचा बेरोन कोहेनको द डिटेक्टर चलचित्रले उनलाई कमेडी भूमिकाको स्वाद चखाउने भएको हो । हास्य भूमिकामा अभिनय गर्न पाउँदा मेगनले प्रसन्नता देखाएको एजेन्सीले उल्लेख गरेको छ । २५ वर्षीया सुन्दरीले एजेन्सीसँग भनिन्– ‘सुरुको चलचित्रमा घमन्डी केटीको भूमिका गरेकी थिएँ, त्यसपछि सन्त केटीको अनि लगातार रोमान्टिक भूमिका मात्रै । साह्रै दिक्क लागेकाले नयाँ भूमिकामा लागेकी हुँ ।’

प्रतिक्रिया