इलाममा तीन जना औलो रोगी

इलाम, १३ वैशाख । इलाममा अघिल्लो बर्षको तुलनामा औलो रोगीको संख्यामा कमी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा इलाममा औलो रोगीको संख्यामा कमी आएको हो ।

अघिल्लो आर्थिक वर्षमा इलाममा २५ जना मलेरिया रोगी भेटिएका थिए । चालु अर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा इलाममा तीन जनामात्र औलो रोगी भेटिएको कार्यालयले जनाएको छ ।

मलेरिया रोगी इलामको दक्षीणी गाविस चुलाचुली र बाझामा फेला परेको कार्यालयले जनाएको छ । औलो रोगबाट सबैभन्दा बढी सुत्केरी महिलाहरु जोखिममा रहेको डा.सविन श्रेष्ठले बताए ।

जुनजुन देशमा औलोका रोगीहरु बढी छन त्यस देशका अर्थतन्त्रमा पनि एक दशमलव तीन प्रतिशतले ह्रास आउने समेत श्रेष्ठले बताए ।

नेपालमा इलाम लगायत विभिन्न १३ वटा जिल्ला औलो रोगका लागि उच्च जोखिममा रहेका समेत कार्यालयले जनाउको छ ।

प्रतिक्रिया