प्रसुती सेवा नपाउदा सुत्केरीको मृत्यु

कैलाली, १३ वैशाख । सुत्केरी व्यथा लागेकी बाजुरा कुल्देवमाण्डौ–२, दोगडीबाडाकी एक महिलाको मंगलबार राति प्रसुती सेवा नपाएर मृत्यु भएको छ । मृत्यु हुनेमा गोपी मिजारकी ३५ वर्षीया पत्नी बसु रहेकी छन ।
बसुलाई सुत्केरी व्यथा लागेपछि प्रसुतीका लागि आफन्तले नजिकै टा“टेस्थित स्वास्थ्य चौकीमा लगेका थिए । स्वास्थ्य चौकीले शिशुको हात बाहिर निस्केकाले सुत्केरी गराउन नसक्ने भन्दै अन्यत्र रिफर गरेको थियो ।
व्यथाले चापेकी बसुलाई धनगढी लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको बसुका पति गोपी मिजारले बताए । मृतक बसुका घरमा चारजना छोराछोरी रहेका छन् ।
जिल्लामा दक्ष जनशक्ति र सुविधा सम्पन्न बर्थिङ सेन्टर नहुदा बर्षेनी ५, ६ जन महिलाको अकालमै ज्यान जाने गरेको छ । भौगोलिक कठिनाई, भरपर्दो यातायात सुविधा नहुदा गर्भवति सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउनु पर्ने प्रमुख कारण रहेको जिल्ला स्वास्थ्य कार्याल बाजुराकी अनमी शर्मिला सिंहले बताइन् ।
एक महिना अघि मात्र अत्यधिक रक्तश्रापका कारण पाण्डुसैनमा एक सुत्केरी महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया