‘एक दर्जन बच्चा जन्माउँथेँ’

संसारमा भगवान् होलान् कि नहोलान् ?
मेरो विचारमा भगवान् त पक्कै होलान् । त्यही भएर म पनि छु । म भगवान्प्रति एकदमै विश्वास गर्छु ।
भगवान्ले कुनै इच्छा पनि पूरा गरिदिए कि ?
जन्मिएर यो संसारमा आँखा देख्न पाउनु नै भगवान्को उपहार हो ।
१० वर्षपछिको नेपाल कस्तो होला ?
पक्कै राम्रै होला नि †
कस्तो राम्रो नि ?
सबै जना विदेशै जान खोज्छन्, दस वर्षपछि थुप्रै मान्छे बिदेसिइसक्लान् । हामीपछिको जेनेरेसनमा नेपालमा बसेर आफ्नै भूमिमा केही गर्छु भन्ने कोही नहोला । कोही नभएपछि त न आन्दोलन न त बेरोजगारी । अनि राम्रो भएन ?
आमा र ब्वाइफ्रेन्डमध्ये को महत्त्वपूर्ण ?
मेरो ममी हुनुहुन्न । ममी भएको भए उहाँकै महत्त्व लाग्थ्यो होला ।
अपरिचित व्यक्तिले एक थप्पड हान्यो भने के गर्नुहुन्छ ?
मोरो ज्याङ्गो रहेछ भने त ‘किन थप्पड हान्नुभयो हजुर’ भनेर सोध्नुपरिगो नि †
नायक राजबल्लव कोइराला, सुमन सिंह र आर्यन सिग्देलमध्ये एकसँग विवाह गर्नुपर्ने बाध्यता आए कसलाई छान्ने ?
अहिले चलिरहेको र मलाई मनपर्ने हिरो आर्यन हो । उसैसँग विवाह गर्थें ।
लगालग ११ वटा बच्चा जन्मिसकेपछि मात्रै बढी भयो भनेर होस आयो भने ?
हा..हा.. मैले यी कुरा त सोचेकै थिइनँ । अब ११ वटै पुगिसकेपछि त एक थपेर बाह्रै पुर्‍याउने † दर्जनलाई पनि एक त भनिन्छ नि ।
कसैले १० लाख डलरमा नग्न फोटोसुटको अफर गरे ?
मेरो संस्कृतिले त्यस्तो फोटोसुट गर्न दिँदैन । जति डलर दिए पनि सिधै नाइँ भनिदिन्छु । संस्कृतिले दिने भए त्यसका लागि १० लाख डलर पनि धेरै हुन्थ्यो ।
राउटे जातिको हट्टाकट्टा केटोले विवाहको प्रस्ताव राखे नि ?
मेरो चाहना हरपल, हरसाँझ बुझ्छ भने विवाह गर्न तयार छु ।
तपाईंको कुरा सुनेर घरमै आइपुग्लान् नि फेरि ?
कर्ममा उहाँ नै हुनुहुन्छ भने मैले दुनियाँ सोचेर कहाँ हुन्छ र

प्रतिक्रिया