“प्लेब्वाई”लाई नांगिन तयार

मुम्बई : नग्नताको प्रसंगलाई लिएर पाकिस्तानी मूलकी बलिउड अभिनेत्री बिना मल्लिक प्राय: चर्चा अनि विवादमा तानिइरहन्छिन् । भर्खरै उनले १० लाख डलर दिए चर्चित म्यागजिन प्लेब्वाईका लागि नांगिन सक्ने अभिव्यक्ति दिएकी छन् । एक बेलायती पत्रिकासँगको कुराकानीमा उनले त्यस्तो अभिव्यक्ति दिएको एजेन्सीले उल्लेख गरेको छ । ‘आखिर नांगो फोटो खिचाउन किन नाइँ भन्नु, यो ठूलो अवसर हुनेछ,’ उनले भनिन्, ‘मोडल भएको हैसियतले डिमान्ड भएको पोज दिनु मेरो काम हो ।’ एक वर्षअगाडि पनि एक पत्रिकाका लागि गराएको फोटोसुटका कारण उनी चर्चा अनि विवादमा तानिएकी थिइन् । आफ्नै परिवारसँगसमेत विवाद झेल्नुपरेको त्यो फोटोसुटले पाकिस्तानमा पनि हंगामा मच्चाएको थियो । लगातार विरोधले निकै अप्ठ्यारो परेपछि उनले त्यो फोटा कम्प्युटरबाट मिलाइएको बताएकी थिइन् । तैपनि, चर्चाका लागि जे पनि गर्न सक्ने भन्ने आरोप खेप्दै आएकी उनको कुरा कसैले पत्याएन । (एजेन्सी)

प्रतिक्रिया