किड्स काभ्रे छानिने

काभ्रे : काभ्रे जिल्लाका बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना भइरहेको किड्स काभ्रे–२०६८ को फाइनल आगामी १५ वैशाखमा बनेपामा हुने भएको छ ।
आयोजक सिल्भर साइन इभेन्ट म्यानेजमेन्ट ग्रुपले मंगलबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । ग्रुपका सदस्य–सचिव खड्काले ७ देखि १३ वर्षसम्मका बालबालिका सहभागी प्रतियोगिताको फाइनलमा २५ प्रतियोगीले क्षमता प्रस्तुत गर्ने बताए ।
गत २५ चैतबाट सुरु भएको प्रशिक्षणमार्फत बालबालिकालाई बोल्ने, मञ्चमा हिँड्ने, सोधिएका प्रश्नको उत्तर दिनेलगायतका विषय सिकाइएको गुप्रकी संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । प्रतियोगीलाई क्षमताका आधारमा किड्स काभ्रे, फस्ट रनरअप, सेकेन्ड रनरअप, बेस्ट ड्रेस, स्माइल, डिसिप्लिन, क्युट, वाल्क, फोटोजेनिक, फ्रेन्डसिप, पर्सनालिटी, निट एन्ड क्लिन, एक्टिभ, चार्मिङ, इन्टेलिजेन्ट, स्टाइलिस, पपुलर, हेयर, क्रियटिभ, स्पिक गरी २० उपाधि प्रदान गरिने ग्रुपका सदस्य मोहन तौजले बताए । गायक तथा संगीतकार अष्ट लामा र तीज सुन्दरी–२०११ रुविज्ञा रञ्जितकार निर्णायक रहने प्रतियोगितालाई पञ्चकन्या बैन्क्वेटले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया