सौर्य सहकर्मी सापकोटा र विष्ट पुरुस्कृत

काठमाडौं, १२ वैशख । सञ्चारिका समूहले २०६८ सालको सञ्चारिका समानता पुरस्कार सौर्य दैनिकका सहकर्मी दीपक सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । १५ हजार नगद राशिको सो परुस्कार पुरस्कार वैशाख–१८ गते वितरण गरिनेछ ।
नयाँ पत्रिका दैनिकमा कार्यरत रहदा सापकोटाले ‘भ्रण हत्याको बढ्दो ग्राफ’ शीर्षकको आलेख लेखेवापत समूहले परुस्कार प्रदान गर्न लागेको जनाएको छ ।
साथै समूहले प्रोत्साहन वापतको पुरस्कार सौर्य दैनिककी देवकी विष्ट र नागरिक दैनिककी रुबी रौनियारलाई प्रदान गर्ने भएको छ । उमासिंह पत्रकारिता पूरस्कार भने लमजुङकी पत्रकार प्रेम कुमारी घलेले पाएकी छन् ।

प्रतिक्रिया