शिला अब डकुमेन्ट्रीमा

मुम्बई : बलिउडकी शिला अर्थात् नायिका क्याट्रिना कैफले एकपटक फेरि शिलाकी जवानीको धुम मच्चाउने भएकी छन् । यसअघि चलचित्र तीस मार खाँमा यसै गीतमार्फत उनले मच्चाएको हंगामा अब एक डकुमेन्ट्रीमा देखिने भएको छ । बलिउड चलचित्र उद्योगले एक सय वर्ष पूरा गरेको उपलक्ष्यमा जिन्दगी ना मिलेगी दोबाराका निर्देशक जोया अख्तरले सो डकुमेन्ट्री बनाउन लागेका हुन् ।
बलिउड चलचित्रका आइटम डान्सको कुरा गर्दा यो अहिलेसम्मकै उल्लेखनीय रहेकाले यसैमा डकुमेन्ट्री बनाउन लागेको जोयाले एजेन्सीलाई बताए । शिलाकी जवानी नै नाम दिइएको डकुमेन्ट्रीमा क्याट्रिनाको मुख्य भूमिका रहनेछ । यसमा एउटा त्यस्तो व्यक्तिको कथा छ, जो शिलाकी जवानी गीतको गहिरो प्रशंसक हुन्छ र शिलालाई भेट्न तड्पिइरहेको हुन्छ । (एजेन्सी)

प्रतिक्रिया