‘लोकतन्त्र बिरोधीलाई परास्त गर्न सक्षम छौं’

काठमाडौं, ११ वैशाख । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र बलियो जगमा उभिइसकेकाले मुलुक अब पछि फर्कन नसक्ने विश्वास व्यक्त गरेका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले मुलुकका राजनीतिक नेताहरू लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि अभ्यस्त रहेकाले लोकतन्त्र विरोधी जस्तोसुकै गतिविधिलाई पनि परास्त गर्न सक्षम रहेको बताए ।
आमजनतामा रहेको निराशा र अविश्वासलाई विश्वासमा ल्याउने सङ्कल्पका साथ सहमतिका लागि छलफलमा जुटेको बताएका नेपालले न्याय, समानता र लोकतन्त्रलाई एकैसाथ लैजान दलहरूले सहमतिको मिलनविन्दुमा पुग्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया