किराना व्यवसायीको हत्या

महेन्द्रनगर, ११ वैशाख । भीमदत्तनगरपालिका–१७ बासखेडामा एक जना किराना व्यवसयाीको हत्या भएको छ । हत्यामा संलग्न चार मध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मझगाँउ बिमानस्थलबाट दुई सय मिटर पश्चिम तर्फ रहेको कल्भर्टमा गएराति ३५ बर्षीय तेज बहादुर महताको हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न बासखेडाकै मंगल रावत, रन्जित रावल र उमेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । अर्का अभियुक्त महेश रावत फरार छन ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक बलराम बिष्टका अनुसार महतालाई ढुङ्गाले हानेर हत्या गरिएको छ । उनको बाया कानमुनी निलो खत रहेको बिष्टले बताए ।

प्रारम्भिक छानविनमा हत्याको कारण आपसी लेनदेन भएको बताउदै निरीक्षक बिष्टले भने, ‘थप अनुसन्धान जारी छ ।’

प्रतिक्रिया