चलचित्रमा नायिकाको मोलमोलाइ

काठमाडौं : नायिका सोनिया केसी र गरिमा पन्तको मोलमोलाइ हुने भएको छ । वास्तविक जीवनमा नभएर चलचित्र भइहाल्छ निमा अभिनयका क्रममा उनीहरूको मोलमोलाइ भएको हो । मोलमोलाइ भइरहेको उक्त दृश्यमा दुवै नायिकाले राम्रो अभिनय गरेको चलचित्रका निर्देशक एमएस अग्रजले बताए । आइतबार आयोजित पत्रकार भेटघाटमा उनले चलचित्रमा सोनिया र गरिमाको मोलमोलाइ भइरहेको दृश्य आकर्षक बनेको भन्दै त्यसको लामै प्रवद्र्धन गरे ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, पूर्व अध्यक्ष शान्ति प्रिय, कलाकार सुनील थापा, गरिमा पन्तलगायतले चलचित्र सफलताको शुभकामना दिए । सुमन सिंह, गरिमा, सोनिया, विशाल पोखरेल, सुनील थापा, कमलकृष्णको मुख्य भूमिका रहेको चलचित्र कलश मुभिजको ब्यानरमा बनेको हो ।
गोविन्द मधुर आचार्य र यादव योगीको संगीत रहेको सो चलचित्रमा दिनेश अधिकारीको नृत्य तथा हरि हुमागाईंको छायांकन छ । दिनेश अधिकारी र आरके पाण्डेले संयुक्त रूपमा निर्माण गरेको चलचित्र आगामी १५ वैशाखबाट अल नेपाल रिलिज हुने पत्रकार भेटघाटमा जानकारी गराइयो । चलचित्र उपत्यका र मोफसलका ३५ भन्दा बढी हलबाट एकैसाथ प्रदर्शन हुने बताइयो । नारीहरूको कथालाई उठाइएको नारीप्रधान चलचित्र भएकाले सफल हुनेमा आशावादी रहेको निर्माता अधिकारीले बताए ।(सौस)

प्रतिक्रिया