‘भैहाल्छ नी’ वैशाख १५ देखि मुलुकभरी

काठमाडौं, १० वैशाख । केही खारिएका कलाकार र नयाँलाई लिएर बनाईएको ‘भैहाल्छ नी’ नेपाली चलचित्रले वैशाख–१५ गते शुक्रबारदेखि अल नेपाल रिलिजका साथ आउने भएको छ ।
‘भैहाल्छ नी’को टिमले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो चलचित्र दर्शकका लागि रिलिज गर्न लागेको जनाएको छ । कलाकारहरु सुनिल थापा, गरिमा पन्त, नव नायक विशाल पोखरेल, निर्देशक एम.एम. अग्रज, संगीकारत गोविन्द मधुर आर्चाय लगायतको सहभागिता रहेको पत्रकार सम्मेलनमा चलिचत्रका बिविध पक्षका बिषयमा जानकारी गराईएको थियो ।
चलचित्रका निर्देशक एम.एस. अग्रजले आफूले बनाएको चलचित्र अन्य बिषयबस्तु भन्दा फरक नभएपनि त्यहि बिषयलाई फरक शैलिमा प्रस्तुत गर्न खोजेको दाबी गरे । उनले चलचित्रमा रोमान्स, थ्रिलर र मनोरञ्जन सबैलाई समेटिएको जनाएका छन् ।
चालिस पैतालिस लाख भन्दा माथिको लगानी गरिएको ‘भैहाल्छ नी’ले आफ्नो व्यापार राम्रो गर्ने निर्माण पक्षले जनाएको छ ।
पत्रकार सम्मेलनमा कलाकार सुनिल थापाले ‘भैहाल्छ नी’बाट आफूले केही आशा गरेको जनाएका छन् । उनले भने, ‘नयाँ टिमसँग गरिएको कामबाट म अत्यन्तै आशावादी छु, चलचित्र राम्रो बनेको छ ।’
नायिका गरिमा पन्तले पनि चलचित्र राम्रो रहेको बताईन । संगीतकार गोविन्द मधुर आर्चायले पनि चलचित्रमा गीत संगीतमा आफूले खुब मेहनत गरेको बताए । आर्चायले भने, ‘चलचित्रका दुई वटा गीतलाई दर्शक, स्रोतले खुब मनपराई दिनु भएको छ ।’
चलचित्रका नव नायक विशाल पोखरेल पनि आफ्नो पहिलो चलचित्रबाट आशावादी रहेको बताए । उनले नेपाल भरीबाट आउने सुझाव र दर्शकको चाहना अनुसार आगामी दिनमा चलचित्रमा अभिनय गर्ने जनाएका छन् ।
प्रचार प्रसारमा खुब ध्यान दिएको निर्माण पक्षले चलचित्र समाजलाई सुहाउने र आफ्नै परिवेशको बनाएको जनाएको छ ।

प्रतिक्रिया