इलाममा आठ श्रष्टा सम्मानित

इलाम, १० वैशाख । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुराएका इलाम सहित विभिन्न छ जिल्लाका श्रष्टाहरुलाई आज इलाममा सम्मान गरिएको छ ।

अभिभावदन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौं र इलामेली साहित्य प्रतिष्ठानले साहित्य, पत्रकारिता, शिक्षा, संगीत, समाजसेवा लगायतका क्षेत्रमा योगदान पुराउने श्रष्टाहरुलाई सम्मान गरेको हो । इलाम, पाचथर, ताप्लेजुङ, झापा, काभ्रे र विराटनगरका श्रष्टाहरुलाई प्रतिष्ठानले इलाम सदरमुकाममा बृहत साहित्यिक गोष्ठीको आयोजना गरी नगद पुरस्कार सहित सम्मान गरेको हो ।

प्रतिष्ठानले कृष्णभक्त सापकोटा साहित्य अभिवादन पुरस्कारबाट ताप्लेजुङका साहित्यकार रविमान लम्जेल, गोपालप्रसाद रिमाल साहित्य पुरस्कारबाट विराटनगरका साहित्यकार भानुभक्त पोखरेल, कृष्णभक्त सापकोटा पत्रकारिता पुरस्कारबाट भापाका पत्रकार चन्द्र भण्डारी र नवप्रतिभा अविवादन पुरस्कारबाट ताप्लेजुङ्गकी पत्रकार शान्ता आङ्बोहाङलाई सम्मान गरेको छ ।

त्यसैगरी टङ्कमाया लुईटेल संगीत अभिवादन पुरस्कारबाट इलामका गीतकार, संगीतकार गणेश रसिक, सुदर्शन गौतम समाज सेवा अभिवादन पुरस्कारबाट इलामका समाजसेवी तोयानाथ भट्टराई, धर्म तिम्सिना शिक्षा अभिवादन पुरस्कारबाट पाचथरका टंक मिश्र र मोहनप्रसाल ढुङ्गेल संस्कृत अभिवादन पुरस्कारबाट काभ्रेका विनयकुमार पन्तलाई सम्मान गरेको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया