६ राउण्डगोली सहित पूर्व लडाकु पक्राउ

महेन्द्रनगर, १० वैशाख । एसएलआरको छ राउण्ड गोली सहित कञ्चनपुरको कृष्णपुर गाविस बाणीमा एक पूर्व लडाकु पक्राउ परेका छन ।

हिजो राति राजमार्ग छेउमा रहेको बाणी बजारमा मदिरा सेवन गरी होहल्ला गरेपछि प्रहरीले उनलाई पक्रउ गरेको हो ।

कैलालीको तालबन्दस्थित सातौं डिभिजनबाट केही दिनअघि स्वेच्छिक अवकास रोजेका २२ बर्षीय लडाकु बिनोद नेपालीलाई सशस्त्रको टोलीले पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा उनीसँग प्रहरीले छ राउण्ड एसएलआरको गोली फेलापरेपछि आजै जिल्ला प्रहरी कार्यालयमा चलान गरेको छ ।

छ राउण्ड गोली फेला परेपछि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिलिप चौधरीले बताए । ‘हिरासतमा लिएर छानविन गर्दैछौ’ चौधरीले भने । (फाईल तस्बिर)

प्रतिक्रिया