प्रेमी पाइनन् क्याम्पबेलले

लन्डन, ९ वैशाख ।  कोमलता, सुन्दरता, नम्रता, हार्दिकता, यस्तै गुण भएकी युवती चाहन्छन्, प्रायः युवा । तर, हाम्रो समाजले स्त्रीबाट अपेक्षा गर्ने यस्ता एउटै गुण नभएका कारण रेन क्याम्पबेलले वषौर्ं बितिसक्दा पनि प्रेमी पाउनसकेकी छैनन् ।
पूर्वपतिका तर्फबाट उनका दुई छोरा छन् । तर, करिब दस वर्षअघि ‘डिभोर्स’ भएयता ३५ वषर्ीर्या क्याम्पबेलले एउटै ‘ब्याइपन्ड’ पाउन सकिनन् । आफ्नो ८५ किलो वजनको शरीर, ६६ सेन्टिमिटर मोटा तिघ्रा र १८ सेन्टिमिटर मोटा पाखुराका कारण पुरुषहरू आफू छेउ नपरेका हुन्जस्तो उनलाई लाग्छ ।
जिम र व्यायामप्रतिको आफ्नो अतिआशक्तिका कारण पुरुषहरू आफूबाट टाढिएजस्तो लाग्छ, क्याम्पबेललाई । प्रेमीको पर्खाइमा रहेकी उनको प्रेम पाउने धोको वर्षौ बितिसक्दा पनि पूरा भएको छैन । ‘प्रतिस्पर्धाका लागि म मैदानमा उत्रिएका बेला मेरो जयजयकार गर्ने र मेरा लागि कुखुराको मीठो मासु पकाउने प्रेमी पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘तर, शारीरिक बनोटका कारण त्यस्तो केटासाथी भेट्नु मेरा लागि कठिन भएको छ ।’ दुई वर्षअघि एउटा केटोसँग थोरै समय ‘अफेयर’ चलेको जानकारी दिँदै उनले भनिन्, ‘तर, कसरतलाई पहिलो प्राथमिकता दिने मेरो शैलीका करण ऊ पनि भड्कियो ।’
उनी आफ्नो शरीरलाई असाध्यै माया गर्छिन् । दुब्लाउनु उनको कल्पनाभन्दा बाहिरको कुरो हो । जिम र कसरतबाहेक दैनिक खानपानमा पनि असाध्यै चनाखो छिन् । उनले दिनमा करिब सात वटा कुखुराका छातीको मासु खाने गरेकी छिन् ।

प्रतिक्रिया