प्रतिभावान् सुचिन्दा

भर्खरै १३ वर्ष पुगिन् सुचिन्दा श्रेष्ठ । राजधानीको बूढानीलकण्ठ स्कुलमा सात कक्षामा पढ्दै छिन् । आङ्खना साथीबीच प्रतिभावान् मानिन्छिन् । उनको मुहार हसिलो अनि हाउभाउ पनि सुन्दर छ । उमेरले सानी भए पनि विचारचाहि परिपक्व छन् । पढाइमा सधै अब्बल गनिन्छिन् । यसअघि जोरपाटीस्थित राई स्कुलमा पढेकी उनी त्यहाकै सर्वोत्कृष्ट विद्यार्थी पनि बनेकी थिइन् ।
सुचिन्दा अहिलेसम्म आङ्खनो मामाघर एकपटक मात्र पुगेकी रहिछन् । किनभने उनको मामाघर निकै टाढा छ, लाओस भन्ने देशमा । उनका बुबा वीरेन्द्र श्रेष्ठले रसियामा इन्जिनियरिङ पढ्दै गर्दा भेटेका रे उनकी आमा मानोलाक बुफासिरीलाई । लाओसमै जन्मिएकी सुचिन्दाकी आमालाई राम्ररी नेपाली बोल्न आउदैन । सुचिन्दा आमालाई नेपाली बोल्न सिकाउछिन् । गत दसैं बिदामा दाजु सामीप्य, बुबा र आमाका साथ उनी मामाघर पुगेर आएकी रहिछन् । अहिले राजधानीको सरस्वतीनगरमा उनको घर छ तर कहिलेकाही मात्र आउन पाउछिन् घरमा उनी । बूढानीलकण्ठ स्कुलमै बसेर पढ्ने भएकाले छुट्टीमा मात्र घर आउन पाइन्छ ।
पढाइसगै नृत्य पनि राम्रो गर्छिन् । विभिन्न प्रतियोगिता र स्टेज कार्यक्रममा गरेको नृत्यमार्फत उनले धेरैको प्रशंसा कमाएकी छन् । त्यति मात्र होइन, मीठो स्वरमा गाउछिन् पनि । कुनै पनि कुरामा तर्क गरेर ठिकबेठिक पत्ता लगाउने स्वभाव छ उनको । कहिलेकाही त  परिपक्व तर्क गरेर ठूला मान्छेलाई पनि आच्छुआच्छु पार्दी रहिछन् । उनको लक्ष्यचाहि भविष्यमा सफल वकिल बन्नु हो । त्यसैले त अहिलेदेखि नै मिहिनेतसाथ पढेर त्यो लक्ष्य भेट्टाउने छाटकाट देखाएकी छन्, हुने बिरुवाको चिल्लो पात भनेझै । तर्क गरेर विचार राख्न सक्ने खुबीले उनलाई कुशल वक्ताको गुण पनि दिएको छ । भन्छिन्– ‘हुनुपर्ने ठाउमा नरम अनि गलत कुराहरूका विरुद्ध कडा पनि हुनुपर्छ ।’ सबैसग मिल्ने भएकाले उनका साथी पनि थुप्रै छन्, सबैले उनलाई मन पराउछन् ।

प्रतिक्रिया